वीरगंज। नेपालमा कोरोना संक्रमित शुन्य रहेका ७ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालका ७ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।
कोरोना संक्रमित शुन्य रहेका ७ जिल्लाहरु
यस्तै, बितेको २४ घण्टामा नेपालमा थप १ हजार २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार १७६ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ समेत गरी ४१६ जना महिला र ७८५ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १५ हजार २६० रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ६ हजार १५३ जना र संस्थागत आईसोलेसनमा ९ हजार १०७ जना छन् । तिमध्ये १६० जना संक्रमितको आईसियु र २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ३५४ जना रहेका छन् । यस्तै काठमाडौंसहित सुनसरी, सर्लाही, चितवन, ललितपुुर र रुपन्देही गरि ५ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ३३६ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै १४ जनाले ज्यान गुमाएका छन् ।