वीरगञ्ज ।पर्सामा फेरि टेस्टको दायरा घाटदै गएको छ । यो सङगै संंक्रमित को संख्या दिन प्राती दिन घाटदै गएको छ । कोरोनाको लक्ष्ण हेरिएको ब्याक्तीले समेत परिक्षण गराउन खोजदा पैसाको अभाव र सरकारको नितिनियमको प्रभाव ले घरमा नै बस्न बाध्य भनेका छ्न ।
साथै पोसेटिव भएको ब्याक्ती सङग सम्पर्कमा आएको ब्याक्तीको कन्टेक्ट ट्रेसिङ्ग गरने कर्यपनी रोकिएको छ। यस्को फलस्वरूप पर्सामा दिन प्रती दिन संक्रमितको संंख्या घाटदै गएको देखिन्छ। आज पर्सामा दुई जनाको मित्यु भएको छ।कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका- १० का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
नारायणी बयोधा अस्पतालबाट थप उपचारका लागि शुक्रबार काठमाडौं रिफर गरिएको क्रममा बाटैमा मध्यरातमा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।
भदौ १७ गते संकलन गरिएको स्वाब नमुनाको पीसीआर परीक्षणका क्रममा भदौ १८ गते रिपोर्ट पोजेटिभ आएको थियो ।
योसँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७ पुगेको छ । साउन यतामा मात्रै ५२ जनाको मृत्यु भएको छ । मृत्यु भएका ५७ जनामध्ये पर्साका ४१ जना, बाराका १२ जना र रौतहटका ४ जना छन् ।पर्सामा मृत्यु भएका दुई जनाको ठेगाना खुलेको छैन ।