• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  खेलकुद

    पूर्व कप्तान धोनी र रैनाले लिए सन्यास

  • वीरगंज संजाल
  • Aug 16, 2020, 8:31 am
  • १००३३

    नयाँदिल्ली |भारतीय क्रिकेटका दुई दिग्गज खेलाडीले शनिबार सन्यास घोषणा गरेका छन् ।शनिबार पूर्व कप्तान महेन्द्रसिंह धोनी र सुरेश रैनाले सन्यासको घोषणा गरेका हुन् । धोनीले क्रिकेटबाट सन्यास घोषणा गरेको एक घण्टापछि नै सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

    भारतीय क्रिकेटको इतिहासमा सफल कप्तान रहेका धोनीले इन्डियन प्रिमियर लिग खेल्नु अगाडी सन्यासको घोषणा गरेका छन् । उनले आफ्नो इन्स्टाग्राममा राखेको भिडियोबाट सन्यास लिएको घोषणा गरेका हुन् । उनले सो भिडियोबाट सबै समर्थकलाई धन्यवाद दिएका छन् । शनिबार साँझ साँढे सात बजे उनले इन्स्टाग्राममा भिडियो पोष्ट गरेर सन्यासको जानकारी दिएका हुन् ।

    छोटो ओभरको खेलमा सर्वाधिक सफल कप्तान रहेका धोनीले भारतलाई आइसीसीका तीनै प्रतियोगिताको उपाधि जितेका थिए । उनको कप्तानीमा सन् २००७ मा टी २० विश्वकप, २०११ मा एकदिवसिय विश्वकप र २०१३ मा आइसीसी च्याम्पियन्स ट्रफिको उपाधि जितेका थिए ।अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि उनले १३ औं संस्करणको आइपीएल भने खेल्ने भएका छन्‌ । उनले २०२२ सम्म चेन्नेईबाट खेल्ने बताएका छन् ।

    सन् २०१७ को जनवरीमा एकदिवसिय क्रिकेटको कप्तानबाट राजिनामा दिएका धोनीले २०१४ को डिसेम्बर ३० मा टेष्ट क्रिकेटबाट सन्यास लिएका थिए । ३९ बर्षे धोनीले भारतका लागि तीन सय ५० एकदिवसिय र ९० वटा टेष्ट खेलेका छन् । यस्तै ९८ टी २० खेल खेलका छन् ।

    सन् २००७ मा भारतको कप्तान बनेका धोनीले टिमलाई टेष्ट बरियतामा शिर्ष स्थानमा पुर्‍याएका थिए । उनी तीन वटै फरम्याटमा ५० भन्दा बढि खेलमा कप्तानी गर्ने एक्लो खेलाडी हुन । सन् २००४ मा भारतबाट डेब्यु गरेका राँचीका खेलाडी धोनीले सन् २००७ मा दक्षिण अफ्रिकामा भएको टी २० विश्वकपको उपाधि जितेका थिए । धोनीले एकदिवसीय क्रिकेटमा १० हजार सात सय ७३ रन बनाएका छन् । जसमा १० शतक र ७३ अर्धशतक रहेका छन् । त्यस्तै उनले टी २० मा ९८ खेलमा १६१७ रन बनाएका छन् । टेष्टमा उनले ९० खेलमा चार हजार आठ सय ७६ रन बनाएका छन् । जसमा उनको उच्च स्कोर २२४ रन रहेको छ ।

    त्यस्तै, सन् २००५ जुलाई ३० तारिखमा श्रीलंकाविरुद्धको खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका रैनाले १८ टेष्टमा सात सय ७८ रन बनाएका छन् । त्यस्तै उनले दुई सय २६ खेलमा पाँच हजार ६१५ रन बनाएका छन् ।त्यस्तै उनले ७८ टी २० खेलमा १६०५ रन बनाएका छन् । उनले टेष्टमा एक तथा एकदिवसीयमा पाँच शतक हिर्काएका छन् । त्यस्तै उनको नाममा टी २० मा पनि शतक रहेको छ ।

    रैना धोनीको निकै मिल्ने साथी मानिन्छन् । रैना आइपीएलमा पहिलो सिजन देखि नै धोनीको टिम चेन्नेई सुपर किंग्सबाट खेलिरहेका छन् । रैनाले आइपीएलमा १९३ खेलमा ५ हजार ३६८ रन बनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑