थपिएका सङ्क्रमित मध्ये अधिक्तम बीरगंज महानगरपालिकाको विभन्न वडाका बासिन्दा रहेका छन् भने २ जना छिपहरमाई गाउँपालिकाका रहेका नारायणी अस्पतालले जनाएको छ ।१० महिला रहेका सङ्क्रमितहरु ७ वर्षदेखि ६२ वर्ष उमेर समुहका रहेका छन् अस्पतालको स्रोतले जानकारी दियो ।
बीरगंज महानगरपालिकास्थित रेलवे माध्यमिक विद्यालय र त्रिजुद्ध माधमिक विद्यालयमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा परेका सबैभन्दा धेरै सङ्क्रमित रहेका छन् । रेलवेको कन्ट्याक्ट ट्रेसिङमा परेका ३१ जनामा कोरोना पुष्टि भएको छन् भने त्रिजुद्धको कन्ट्याक्ट ट्रेसिङमा परेका मध्ये ४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमितहरु बीरगंज महानगरपालिका वडा नं. ९ रानीघाट, श्रीपुर, वडा नं. १० घडीअर्वा पोखरी, वडा नं. ११ पानिटंकी, वडा नं. ६ माइस्थानका रहेका छन् भने ।त्यसैगरि पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ५ का दुई जना र बाराको प्रसौनी गाउँपालिकाका वडा नं. १ का एक जनापनि सङ्क्रमित भएका छन् ।