वीरगंज | समुदाय मै कोरोना संक्रमित बढ्दै गएको पर्सामा आज ६ प्रहरी सहित ७१ जना संक्रमित थपिएका छन्। निषेधाज्ञामा बुझ्नेदेखी नबुझ्ने र अपराधी मानसिकताका व्यक्तिलाई समेत समात्ने र फिल्डा डिउटि गरिरहेका प्रहरी संक्रमित हुन पुगेको जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी नायव उपरीक्षक मनजित कुवरले बताए ।
संक्रमित मध्ये आज तीनजना थुनुवामा रहेर छुटेकाहरू पनि रहेको प्रनाउ कुवरले जानकारी दिए । नारायणी अस्पतालको पिसिआर ल्याबले गरेको परिक्षणबाट नारायणी अस्पतालको क्वाटरमा रहेका ३ महिला सहित ४ जना, वीरगंज महानगरपालिका वडा नम्बर ४ विर्ताका २ महिला सहित १० जना, छपकैयाँ १ का ३ महिला सहित ५ जना, त्यसैगरी माईस्थान ११ का ३ जना, वडा नम्बर १२, १५ र १० का दुई दुई जना संक्रमित थपिएको अस्पतालका चिकित्सक डा. निरज सिंहले जानकारी गराएका छन् ।
यसैगरी वीरगंज महानगर वडा नम्बर ३,६,७,१३,१६,१७ र कृषि समाग्री लिमिटेड, वीरगंजस्थित भारतीय दुतावासका गरि एक/एक जना संक्रमित भएको हो। पर्साको धोबनी गाऊपालिकामा समेत एकजना पर्सागढी नगरपालिकाका ३ जना, पटेर्वासुगौली गाउँपालिकाका १ जना, जिराभवानी गाउँपालिकाका १ जना, पकहामैनपुर गाउँपालिकाका २ जना, अमरपट्टिका ३ जनासंक्रमित थपिएको नारायणी अस्पतालका चिकित्सक डा. सिंहले बताए। बारा जिल्लाको कलैया उप महानगरपालिकाका १ जना, परवानीपुरका १ जना, फेटाका १ जना तथा सर्लाहीका १ जना रहेका छन्।