• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पीसीआर परीक्षण : दुई ल्याबको फरक-फरक रिपोर्ट !

  • वीरगंज संजाल
  • २४ श्रावण २०७७, शनिबार १९:४७
  • ८५८९

    विराटनगर | प्रदेश-१ का दुई फरक फरक पीसीआर परीक्षण केन्द्रमा गरिएको एकै व्यक्तिको स्वाब परीक्षण रिपोर्ट फरक फरक आएको छ। विराटनगर-१ का ६३ वर्षीय रमेश अग्रवाललाई बिहीबार स्वास्थ्यमा समस्या देखिएपछि परिवारले कोशी अस्पताल पुर्‍याए। अग्रवाल मृगौला रोगी पनि थिए। ज्वरो र स्वासप्रस्वासमा केही समस्या आएपछि स्वास्थ्यकर्मीले कोरोना आशंकामा उनको फिवर क्लिनिकबाट स्वाब संकलन गरेर केही औषधीको साथमा घर पठाए।

    स्वाब दिएका अग्रवालको पीसीआर रिपोर्ट नआउँदै शुक्रबार स्वास्थ्यमा थप समस्या देखिएपछि परिवारले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याए। धरानमा इमरजेन्सीमा भर्ना गरी प्रतिष्ठानले कोरोना जाँच गर्न पुःन स्वाब संकलन गर्‍यो। त्यस समयसम्म उनको विराटनगरबाट रिपोर्ट आएको थिएन। उपचारकै क्रममा उनको शनिबार धरानमा मृत्यू भयो।

    रमेशको मृत्यूपछि विराटनगर र धरान दुबै तर्फबाट पीसीआर रिपोर्ट त आयो तर, फरक फरक। विराटनगरमा लिएको स्वाबको रिपोर्ट पोजिटिभ आउँदा धरानमा लिएको स्वाबको रिपोर्ट भने नेगेटिभ आएको छ। धरानमा प्रतिष्ठानले संकलन गरेको स्वाबको नेगेटिभ रिपोर्ट आएपछि प्रतिष्ठानले रमेशको शव आफन्तको जिम्मा लगाइदियो र उनको अन्त्येष्टि पनि शनिबारनै आफन्तले गरिसकेका छन्।

    फरक फरक रिपोर्ट आएपछि केही समय अन्त्येष्टि र शव बुझ्ने क्रममा विवाद भए पनि विराटनगर महानगरले थोरै मलामी उपस्थित गराउने सर्तमा आफन्तलाई अन्त्येष्टि गर्न दिएको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए। ‘एउटै व्यक्तिको २४ घण्टा नबित्दै परीक्षण गर्दा फरक रिपोर्ट आएपछि शव नेपाली सेनाले अन्त्येष्टि गर्नेकी भन्ने पनि थियो। अन्त्यमा थोरै मलामी सहभागी हुने भनेपछि र दोस्रो रिपोर्ट नेगेटिभ आएकाले शव आफन्तलाई दिएको हो’ कार्कीले भने।

    मृतकको रिपोर्ट फरक आए पनि मृतकका आफन्तको पीसीआर जाँच गर्ने महानगरले तयारी गरेको छ। कार्कीले कहिले काँही पीसीआरमा यस्तो समस्या आउने भन्दै यसलाई सामान्य रुपमा लिए। ‘२५ प्रतिशतमा नदेखिने समस्या पनि आउन सक्छ, हामी परिवारको पनि परीक्षण गछौँ’ उनले भने। प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरका सूचना अधिकारी प्रकाश कार्कीले स्वाब संकलनमा ध्यान नदिए रिपोर्ट फरक आउन सक्ने बताए। ‘स्वाब संकलन राम्ररी नभए यस्तो रिजल्ट आउने समस्या हुन्छ,’ उनले भने ‘यस विषयमा अध्यायन गर्नुपर्छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑