वीरगञ्ज । पर्सामा थप ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पिसिआर ल्याबमा गरिएको पछिल्लो परिक्षण अनुसार थप ४३ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो lथपिएका संक्रमित मध्ये २ जना बाराका रहेका छन् भने एक जना रौतहट मौलापूर नगरपालिकाका रहेका छन् ।
बाँकी ४० जना मध्ये पकहामैनपुर गाउँपालिका र एक जना पोखरिय नगरपालिकाका एक जना रहेका छन् । संक्रमित मध्ये २१ जना वीरगञ्जको विभिन्न वडामा बसोबास गर्ने रहेका अस्पतालले जनाएको छ । संक्रमित हुनेहरुको उमेर ७ वर्षदेखि ७३ वर्षसम्म रहेको छ । संक्रमित ६ जना महिलाहरुको उमेर ७,२२, ३५, ५३, ७३ रहेको छ ।
सङ्क्रमितहरु मध्ये केहि मास ट्रेसिङमा परेका, सङ्क्रमितहरुको कन्ट्याक्ट ट्रेसिङमा परेका र आफै स्वयम्ले पैसा तिरेर पिसिआर परिक्षण गराएका मध्ये पनि छन् ।आज थपिएका सङ्क्रमित मध्ये चण्डीप्रसाद गण वीरगञ्ज घण्टाघरमा ११ जना नेपाली सेनाका कर्मचारी पनि संक्रमित भएका छन् । त्यसैगरी ल्यानस क्लब वीरगञ्जका २ कर्मचारी, नेपाल इन्भेस्टमेन्ट बैंकका एक कर्मचारी समेत सङ्क्रमित भएका छन् ।
नारायणी अस्पतालको ओपिडीमा कार्यरत एक कर्मचारीमा समेत सङ्क्रमण देखिएको अस्पताल प्रशासनले जनाएको छ ।थपिएका सङ्क्रमितहरु वीरगञ्ज महानगरपालिका वडा नं. ४ का एक २९ वर्षीय र एक जना ५० वर्षीय पुरुष, वडा नं. ५ रेशमकोठीका १ जना १७ वर्षीय पुरुष र एक जना ७३ वर्षीय महिला, वडा नं. ८ गहवाका २८ र ३० वर्षीय पुरुष रहेका छन् भने वडा नं. ९ गणेश टोलका १६,३४, ३७ र ४५ वर्षका पुरुष रहेका छन् ।
त्यसैगरी वडा नं. १० अशोकवाटिकाका एक जना महिला ३५ वर्षीय महिला र एक जना ३५ वर्षीय पुरुष, वडा नं. ११ रानीघाटका ३६ वर्षीय र ४० वर्षीय पुरुष, वडा नं. १२ का ६० वर्षीय पुरुष, वडा नं. १४ श्रीपुरका एक २३ वर्षीय पुरुष, वडा नं. १६ नगवाका एक ५२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।
वीरगञ्ज बाहेक पर्सा पोखरीया नगरपालिका वडा नं ६ का एक जना ३३ वर्षीय पुरुष, पकाहामैनपुर गाउँपालिका वडा नं. २ मैनपुरका एक जना २७ वर्षीय पुरुष, बारा प्रसौनी गाउँपालिका वडा नं. २ की एक ७३ वर्षीय महिला, र देवताल गाउँपालिकाका एक जना २२ वर्षीय पुरुष रहेका छन् ।