वीरगंज | लगातार वर्षाका कारण देशैभर बाढीपहिरो तथा डुबानको खतरा बढिरहेको छ। कतिपय स्थानमा जनधनको क्षतिसमेत भइरहेको छ।यसै सन्दर्भमा बाढी पूर्वानुमान महाशाखाले हरेक दिन, हरेक पल कुन कुन नदी, खोलामा बाढी आउँछ र कहाँ कहाँका बासिन्दाले सतर्क रहनुपर्छ भन्ने जानकारी दिइरहेको छ।
यसै क्रममा महाशाखाले मंगलबार बिहान साढे ८ बजेतिर २४ घण्टाको बाढी पूर्वानुमान सूचना जारी गरेको छ।महाशाखाका अनुसार आज नारायणी र सहायक नदीमा बहाव खतरा माथि हुने र त्यसले नवलपरासीको सुस्तामा डुबानमा पर्ने जोखिम छ।
यस्तै कोसी नदीको सतह पनि खतरा नजिक पुग्ने सम्भावना छ भने कन्काई, कमला, बागमती, तिनाउ, पूर्वी राप्ती नदीको जलस्तर पनि सतर्कता चिह्न आसपास पुग्ने भएकाले तटीय क्षेत्रमा सतर्क रहन महाशाखाले अनुराेध गरेकाे छ।
२४ घण्टाका लागि विस्तृत सूचना यहाँ: