विश्व | विश्वका अर्वपति धनाड्य व्यापारी र नेताहरुको ट्वीटर अकाउन्ट ह्याक गरिएको छ ।अर्वपति व्यापारी एलन मस्क, जेफ बजोस, विल गेट्ससमेत संसारका धेरै ठूला व्यापारीहरुको अकाउन्ट ह्याक भएको हो ।बीबीसीकाअनुसार यो ह्याकि बिटकोइन स्क्याम हो । बिटकोइनमा चन्दा माग गर्दै अकाउन्ट ह्याक गरिएको छ ।बिल गेट्सको अकाउन्टबाट गरिएको ट्वीटमा भनिएको छ, ‘सबैले मलाई समाजका लागि केही गर्न भनिरहेका छन्, अब त्यो समय आएको छ । तपाईं मलाई एक हजार डलर पठाउनुहोस्, म तपाईंलाई दुई हजार डलर फिर्ता पठाउनेछु ।’
टेस्लाका प्रमुख एलन मस्कको अकाउन्टमा गरिएको पोस्टमामा अबको एक घण्टाभित्र बिटकोइनमा पठाएको पैसा दोब्बर भएर फिर्ता हुने उल्लेख गरिएको छ ।बिटकोइनको अकाउन्टमा लिंकसहित ट्वीटमा लेखिएको छ, ‘म कोभिड–१९ महामारीका कारण दान गरिरहेको छु ।’
पोस्ट गरिएको केही मिनेट भित्र नै यो ट्वीट डिलिट भयो ।अमेरिकाका चर्चित र्यापर कान्ये वेस्ट, पूर्व राष्ट्रपति बराक ओबामा र डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेद्वार जो बाइडेन बाहेक संसारका ठूलो कम्पनीमा संलग्न उबर र एप्पल अकाउन्ट पनि ह्याक भएको छ ।केही बेरमा ह्याकरलाई सयौं मानिसहरुले एक लाख डलरभन्दा बढी पठाएको खुलेको बीबीसीले जनाएको छ ।
निशाना बनाएर ह्याक गरिएका अकाउन्टमा हजारौं फलोअर्स छन् ।ट्वीटरले आफूले यो घटनाको अनुसन्धान गरिरहेको र चाँडै नै निस्कर्षमा पुगिने भनेर सबैलाई आश्वास्त पारेको छ ।अर्को एउटा ट्वीटमा घटनाबारे अनुसन्धान चलिरहेका बेला पासवर्ड रिसेट गर्न नसकिने र केही पनि ट्वीट गर्न नसकिने बताइएको छ ।ह्याक गरिएका कारण आफूले ट्वीट गर्न नपाएको केही प्रयोगकर्ताले बताएका छन् ।