तानसेन । पाल्पामा एकै दिन थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार रम्भा गाउँपालिका १ हुगीमा एक महिलासहित १५ जना पुरुष गरी १६ जना र बगनासकाली गाउँपालिका कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । संक्रमित सबैको प्रदेश प्रयोगशाला भैरहवामो पीसीआर परीक्षण गरिएको थियो ।
संक्रमित हुनेमा क्रमश ४८, २९, ४६,१९,२०,२२, २५, ४१, १६, १३, ३६, २८, २०, २२, २२, २८ र ३२ वर्ष उमेरका व्यक्ति रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । रम्भा गाउँपालिकाको जनकल्याण मावी हुगीको क्वारेन्टाइनमा बसेका १६ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । उनीहरु नयाँ दिल्ली र मुम्बईबाट आएका हुन्।बिहीबार २९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएकोमा १६ जनाको पोजिटिभ र १३ जनाको नेजेटिभ आएको गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए ।
उनीमध्ये १० जनालाई रम्भाको प्राथमिक स्वाथ्य केन्द्र तनहुँको आइसोलेसनमा राखिने, अन्य ६ जनालाई व्यवस्थापनको लागि प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेको अध्यक्ष भण्डारीले बताए । संक्रमितमा कोरोनाको लक्षणबिना पोजिटिभ देखिएको अध्यक्ष भण्डारीले बताए । गाउँपालिकाले पठाएको अन्य २१ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन भने बाँकी छ ।
योसँगै पाल्पामा संक्रमितको संख्या ४० पुगेको छ । यसअघि २३ जनामा संक्रमण देखिएकोमा एकजनाको मृत्यु भएको छ ।माथागढी गाउँपालिकामा १४ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा ३ जना, रामपुर नगरपालिकामा २ जना, पुर्वखोला गाउँपालिका २ जना व्यक्ति कोरोनाबाट संक्रमित भएका छन् । आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।