बिरगंज । सन्नी | तराई क्षेत्रका महिलाहरुले मनाउने बट सावित्री पर्व शुक्रबार (आज) मनाइँदैछ । तर पर्व भने घरभित्रै मनाउनुपर्ने भएको छ । आफ्ना पतिको दिर्घायु र सु–स्वास्थ्यको कामना गर्दै मिथिला क्षेत्रका महिलाले यो पर्व मनाउने गर्छन् । वरको बृक्षमा धागो बाँधेर विधीपूर्वक पूजापाठ गर्दै यो पर्व मनाइन्छ ।
यो व्रत हरेक विवाहित स्त्री ले आफ्नो लोग्ने को सुख स्मृद्धि र लामो आयु को लागि गर्ने गर्छन् ।यो पर्वका अवसरमा अघिल्ला बर्षहरुमा सार्वजनिक ठाउँमा भएका वरको बृक्षमा महिलाको भींड लाग्ने गरिएपनि यस पटक प्रहरीले घरमै यो पर्व मनाउन आग्रह गरेको छ । गौर पुज्ने सामान, बेन, फल, फूल, पान को पात विशेष आदी समग्री हुन्|तथा आँप यसमा महत्वपुर्ण हुन्छ नैवेद चढाउँदा।
दिउसो खीर र फल ले फलहार गर्छन् | र दिउसो १२ बाजे सम्म साइत हुने छ | जिल्ला प्रहरी कार्यालय ले शुक्रबार मनाइने यो पर्व घरभित्रै मनाउन आग्रह गरेको छ । कोरोना संक्रमणबाट बच्न लकडाउन लगाइएको समयमा घरभित्रै पर्व मनाउन प्रहरीले आग्रह गरेको हो । वट साबित्री पर्व सार्वजनिक स्थानहरुमा नमनाई आ–आफ्नो घर भित्र मनाई सक्रिय सहयोग एवं समन्वयका लागि जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको हो ।