बीरगन्ज|किट अभावका कारण रोकिएको स्वाब संकलन पर्सामा पुनः शुरु भएको छ ।पछिल्लो पल्ट संक्रमित भेटिएका छिपरमाई गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाका साथै नारायणी अस्पतालमा स्वाब संकलन कार्य भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वरप्रसाद चौरसियाले जानकारी दिए|
।चौरसियाका अनुसार किट र भीटीएम नहुँदा कन्ट्याक्ट ट्रेसिङ गरिएका २५० जनाको स्वाब संकलन हुन सकेको थिएन ।चौरसियाका अनुसार बीरगञ्ज महानगरपालिका लगायत ग्रामीण भेग छिपहरमाई गाउँपालिकामा कन्ट्याक्ट ट्रेसिङको कार्य सम्पन्न भइसकेको छ ।एक हजार थान किट उपलब्ध भएसँगै चार टोलीले स्वाब संकलन कार्यलाई पुनः सुरु गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।बीरगन्जस्थित नारायणी अस्पतालमा ७१ जना र सिद्धार्थ माविको आइसोलेसनमा २५ जना गरी ९६ जना कोरोना संक्रमित पर्सामा उपचाररत छन् ।