• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    दुई छोरा मिलेर बाबुको हत्या, बुहारीबाट खुल्यो पोल

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०७७, बिहीबार १७:४१
  • २३८७

    विराटनगर । घरायसी विवादमा दुई छोरा मिलेर बाबुको हत्या गरेको खुलेको छ । विराटनगर महानगरपालिका–१४ झटियाहीका ६९ वर्षका सीताराम चौहानलाई उनकै जेठा छोरा रोहित चौहान र माइला नागेन्द्र चौहानले कोदालोले हिर्काएर हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।मोरङ जिल्ला प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार शनिबार राति साढे ८ बजे मदिरा खाएर घर पुगेका छोराहरुले हिर्काएर सीतारामको हत्या गरेका हुन् ।

    कसरी खुल्यो हत्याको कारण ?

    बुधबार सीतारामकी माइली बुहारी जैनव खातुन श्रीमान नागेन्द्रलाई लिएर ससुरा हराएको भन्दै खोजी गरिदिन इलाका प्रहरी कार्यालय रानी पुगिन् ।उनले आफ्ना श्रीमानले बुबालाई मारिदिएँ भनेको र घरमा खाटमुनि खाल्डो खनेको जस्तो देखेको प्रहरीलाई बताएकी थिइन् ।

    त्यसपछि सीतारामको घर पुगेको प्रहरीले खाल्डो उत्खनन गर्दा शव फेला पारेको थियो । शव भेटिएको २४ घण्टा नबित्दै सीतारामका दुबै छोरालाई पक्राउ गरेको एसपी अधिकारीले जानकारी दिए ।दुबै जनाले पैसाको विषयमा विवाद हुँदा मदिराको नशामा हत्या गरेको स्वीकार गरेका प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार सीताराम चौहानका तीनमध्ये कान्छा छोरा सम्पर्कमा छैनन् । जेठा र माइला छोरा मजदुरी गर्दै आएका थिए । विवाहित माइला छोरा छुट्टिएर बसेका छन् भने जेठा छोरा रोहित बाबुसँगै बस्दै आएका छन् ।शनिबार नागेन्द्र र रोहितले काम गरेको ठाउँबाट पैसा पाएका थिए । कामबाट पाएको पैसाले उनीहरुले मादक पदार्थ सेवन गरे र केही कपडा किने ।

    त्यसपछि दुबै दाजुभाइ मूलघरमा गए । घरमा सीतारामले छोराहरुसँग पैसा मागेपछि विवाद सुरु भएको थियो । विवादका क्रममा सीतारामले जेठो छोरा रोहितलाई खाटबाट लडाइदिएका थिए ।खाटबाट लडाएको रिसमा रोहितले टाउकोमा कोदालो प्रहार गरेको प्रहरीले बताएको छ । रोहित पछि नागेन्द्रले पनि कोदालो प्रहार गरेका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको दाबी छ ।

    राति करिब ८ बजे हत्या पछि जेठा छोरा घरको बरण्डामा सुते भने माइला छोरा आफ्नो डेरामा गएका थिए । आइतबार बिहान पुन दाजुभाई भेला भएर शव गाडेका थिए ।शव गाडेपछि दाजुभाइले फेरि सँगै बसेर मदिरा खाएको अधिकारीले बताए । ‘योजनावद्ध रुपमा भएको हत्या होइन’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘मदिराको नसामा आवेगमा हत्या भएको देखिन्छ ।’

    मदिरा सेवन पछि डेरा पुगेका नागेन्द्रले श्रीमतीलाई आफूले बुबाको हत्या गरेको बताएका थिए । प्रहरी उपरीक्षक अधिकारीका अनुसार सीताराम माइला छोराकोमा नियमित पैसा माग्न आउँथे । तर चार दिन नआएपछि माइली बुहारीले फोन गरेकी थिइन् ।फोन अफ देखिएपछि घर पुगेर हेर्दा भुइँ खोस्रिएको र केही कपडामा रगत देखिएपछि श्रीमानलाई लिएर प्रहरी कार्यालय पुगेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • सुन्दर छालाका लागि पिउनुहोस् चिया
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    News

    आजको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑