बीरगन्ज | निषेधाज्ञा लागु भएपछि बन्द भएका बीरगन्जका बैंकहरु भोलिदेखि खुल्ने भएका छन् । भोलिदेखि नियमित रुपमा कार्यालय समयमा बैंकहरु खुल्ने बीरगन्ज बैंकर्स एसोसिएसनका अध्यक्ष रोशन भक्त श्रेष्ठ तथा नेपाल इन्भेष्टमेन्ट बैंक, बीरगन्जका शाखा व्यवस्थापकले जानकारी दिनुभयो ।
ठूला बैंकहरु नियमित रुपमा खुल्ने र साना बैंकहरुले हप्तामा २ वा ३ दिन मिलाएर भोलिबाट खोल्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।क वर्गका सबै बैंकहरु खुल्ला रहने उहाँले बताउनुभयो ।