• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रद्वारा निःशुल्क कृत्रिम हात–खुट्टा वितरण, पाँच वर्षमा ११०० भन्दा बढी लाभान्वित

  • वीरगंज संजाल
  • Jul 31, 2026, 10:36 am
  • ०

    वीरगञ्ज | रोटरी डायग्नोस्टिक सेन्टर, वीरगञ्जद्वारा सञ्चालित रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्र अन्तर्गत सञ्चालन भइरहेको रोटरी कृत्रिम हात परियोजना मार्फत निःशुल्क कृत्रिम हात तथा खुट्टा वितरण कार्यक्रम सम्पन्न भएको छ।

    वीरगञ्ज महानगरपालिका–४, नारायणी अस्पताल पछाडि रहेको रोटरी डायग्नोस्टिक सेन्टरबाट सञ्चालन भइरहेको यस सेवाअन्तर्गत हालसम्म ११ सय भन्दा बढी कृत्रिम हात तथा खुट्टा वितरण गरिएको केन्द्रले जनाएको छ। कार्यक्रमका क्रममा परियोजनाका संयोजक डा. शाश्वत प्रसादले भने, सन् २०२१ देखि सञ्चालनमा आएको यस परियोजनामार्फत पाँच वर्षको अवधिमा ११०० भन्दा बढी बिरामीलाई निःशुल्क कृत्रिम हात तथा खुट्टा उपलब्ध गराइसकिएको छ।

    बिहीबार सम्पन्न कार्यक्रममा पाल्पा तथा पोखरा क्षेत्रबाट आएका चार जना अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण गरिएको थियो।

    सेवा प्राप्त गर्नेमध्ये पूर्व भारतीय सेनाका दिलबहादुर बुढाथोकीले भारत–पाकिस्तान सीमामा ड्युटीका क्रममा एम्बुस (घात) मा परेर आफ्नो खुट्टा गुमाएको बताए। त्यस्तै, वसन्तबहादुरले दुर्घटनामा खुट्टा गुमाएका हुन् भने माधव डिसाले दुर्घटनाका कारण हात गुमाएका थिए। अर्का लाभग्राही रुकबहादुरले पनि दुर्घटनामा खुट्टा गुमाएका थिए। कृत्रिम हात तथा खुट्टा निःशुल्क प्राप्त गरेपछि चारै जनाले रोटरी परिवारप्रति आभार व्यक्त गर्दै नयाँ जीवन पाएको अनुभूति भएको प्रतिक्रिया दिएका थिए।

    कार्यक्रम रोटरी क्लब अफ वीरगञ्जका नवनिर्वाचित अध्यक्ष रोटेरियन राकेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा रोटरी क्लब अफ वीरगञ्जका प्रोजेक्ट कोअर्डिनेटर डा. शाश्वत प्रसाद, सदस्य डा. आनन्द कुमार झा, रोटेरियन अभिषेक चौधरीलगायत अन्य रोटेरियनहरूको विशेष उपस्थिति रहेको थियो।

    रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रले आर्थिक अवस्था कमजोर भएका तथा दुर्घटना वा अन्य कारणले हात–खुट्टा गुमाएका व्यक्तिहरूलाई निःशुल्क कृत्रिम अंग उपलब्ध गराउँदै उनीहरूलाई पुनः सामान्य जीवनयापनमा फर्काउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑