• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    लकडाउनमा वन मासिँदै

  • वीरगंज संजाल
  • Apr 18, 2020, 12:49 pm
  • ३५२७

     लकडाउनको बेलामा वन सम्पदा मास्ने क्रम बढेको छ । महोत्तरीमा लकडाउन जारी गरिएको चैत ११ यता १३० क्यूवी फिट अवैध कटान गरिएका साखु (साल)का गिण्डा (टोन, गोलिया, गिँड) डिभिजन वन कार्यालय महोत्तरीले बरामद गरेको छ । पछिल्लोपटक बर्दिवास नगरपालिका–११ खयरमारामा लुकाइछिपाइ राखिएको १०० क्यूवी साखुका गिण्डा बरामद गरिएको डिभिजन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए । बरामद काठ यसै साता काटिएका रुखको भएको साहको भनाइ छ ।


    “हामीले बर्दिवास–११ का बिल्टु ठाकुरको घर र नजिकैको आँप बगैँचाबाट १०० क्यूवी फिट साखुका गिण्डा बिहीबार बरामद गरेका छौँ”, साहले भने, “यसअघि गत चैत मध्यताका ३० क्यूवी फिट साखुका गिण्डा बरामद गरिएको थियो ।” यसैगरी लकडाउन अवधिभित्रै साखुका छ इञ्च मोटा र चारफिट चौडा फलेक ३० थान बरामद गरिएको कार्यालयले जनाएको छ । त्यस्ता फलेक चोरेर ओसार्न प्रयोग गरिएका दुई मोटरसाइकल, एक टेम्पु र २४ साइकलसमेत बरामद गरिएको साहले बताए । टोलीले वनमा चोरी कटान गर्नेहरुले काटेका रुखको पहिचान गरिएको जनाएको छ ।



    लकडाउन अवधिमै वनमा डढेलो लगाउने क्रम पनि ह्वात्तै बढेको छ । पछिल्लो समयमा वन क्षेत्रमा रुख काट्ने, डढेलो लगाउने र वन्यजन्तुको चोरी शिकार गर्ने क्रम बढेपछि यसै साता तीनवटा टोली बनाएर सघन वन गस्ती परिचालित गरिएको कार्यालयले जनाएको छ ।



    “वनमा जताततै डढेलो बढेको छ, यसले मानवीय क्षतिसँगै बहुमूल्य काठ हुने बिरुवा डढेर ठुटा भएका छन्”, साहले भने, “पछिल्लो लकडाउन अवधिभित्रै २०० हेक्टरमा लागेको डढेलो निभाउन सक्यौँ ।” अहिले डढेलो नियन्त्रणका लागि विशेष तालिम लिएका वन सुरक्षा सैनिक तैनाथ गरिएको उहाँको भनाइ छ । गत बुधबारमात्र बर्दिवास–१० को खयरमारास्थित सरस्वती सामुदायिक वनमा लागेको डढेलोले त्यहीँकै ७० वर्षीय हर्कबहादुर वाइवाको ज्यान गएको घटना स्मरण गर्दै साहले डढेलो रोक्न स्थानीय पहलकदमी बढ्नुपर्नेमा जोड दिए ।



    पछिल्लो एक सातायता  वन सुरक्षा टोलीले चारवटा निलगाई र एक चित्तललाई उद्धार गरी घना वन क्षेत्रमा छाडेको छ । यसैगरी जारी लकडाउन अवधिमै बर्दिवास–५ माईस्थानमा वनक्षेत्र अतिक्रमण गरी बनाइएको काठेघर वन सुरक्षा टोलीले अतिक्रमणमुक्त गराएको साहले बताए ।



    यसैगरी लकडाउन अवधिमै नदीजन्य सम्पदा (बालु–ढुङ्गा)  अवैध उत्खनन गर्ने पनि सक्रिय देखिएका छन् । पछिल्लोपटक गौशाला नगरपालिकामा पर्ने मरहा नदीमा बालु–ढुङ्गा उत्खनन गर्नेहरुले २५ फिटभन्दा गहिरा खाल्डा खनेर नदीजन्य सम्पदा निकाल्ने क्रम बाक्लिएको छ ।



    यसैबीच जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले वन, नदी, पहाडी शृङ्खलाको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सशस्त्र वन रक्षकको संयुक्त सुरक्षा टोली परिचालित गरिएको बताए । प्राकृतिक सम्पदामाथि हुने आक्रमण, अतिक्रमण र कटान तथा उत्खनन रोक्न सम्बन्धित स्थानीय तहको पहलकदमी बढ्न जरुरी भएको खत्रीको थप भनाइ छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य
  • धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो
  • भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने
  • पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    काठमाडौं आइपुगे भारतीय प्रधानसेनापति सेठ

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    News

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    News

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    News

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    News

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑