डडेल्धुरा । डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा कोरानाको आशंकामा भर्ना गरिएका दुईजना भागेका छन् । शनिबार दिउँसो अस्पतालबाट उनीहरु भागेका हुन् । कोरोना संक्रमणको आशंकामा तीन दिनअघि अस्पतालमा भर्ना भएको उनीहरू अस्पताललाई जानकारी नदिइ भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा।जगदीशचन्द्र विष्टले जानकारी दिए ।
दुबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालबाट भागेका उनीहरू भागेश्वर गाउँपालिका ३ नानीगाडका व्यक्ति हुन् । उनीहरूको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ ।
उनीहरूको खोजीका लागि खबर पाउने बेलादेखिनै प्रहरी परिचालन गरेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी बताए ।