कोही कोरोना संक्रमित भए सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने
वीरगंज संजाल
Mar 16, 2020, 6:10 am
२०६७
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसबाट संक्रमित भए उपचार खर्च राज्यले व्यहोर्ने बताएका छन्।
नेपालमा कोही पनि कोरोना संक्रमित नभएको जानकारी दिँदै मन्त्री ढकालले संक्रमण भित्रिन नदिन सरकारले आवश्यक तयारी गरिरहेको बताए।
यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
‘कोरोनाबाट बिरामी भएको पुष्टी भए उपचारको सम्पूर्ण जिम्मा सरकारले लिन्छ,’ राष्ट्रियसभा बैठकमा आइतबार उनले भने, ‘कोरोना नसार्ने कुराका लागि प्रत्येक नागरिकले सावधानी अपनाऔँ भन्ने सरकारको आग्रह हो।’