चिकित्सा शिक्षा आयोगको क्यालेन्डर : पीजीको प्रवेश परीक्षा जेठको दोस्रो साता
वीरगंज संजाल
२७ फाल्गुन २०७६, मंगलवार १९:२९
५६३५
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षाको सूचना देखि बार्षिक परीक्षाको नतिजा सार्वजनिक हुने समय समेटिएको बार्षिक शैक्षिक क्यालेन्डर निकालेको छ । क्यालेन्डरमा सर्टिफिकेट लेभल देखि डीएम/एमसीएच लेभल सम्मको तालिका छ ।अव यहि तालिका अनुसार आयोगले आफ्नो शैक्षिक गतिविधि अघि बढाउँछ । आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले भने । उनका अनुसार क्यालेन्डरको पहिलो कार्यान्वयन पोष्टग्राजुएट्स (पीजी) तहको साझा प्रवेश परीक्षाको सूचनाबाट शुरु हुँदैछ ।‘हामीले यसको सूचनामा बैशाखमा दिने भनेका छौँ तर यसपटक पहिलो भएको हुनाले सूचना चैतमै जारी गर्छौँ सायद । साझा प्रवेश परीक्षा परीक्षा भने क्यालेन्डर अनुसार जेठको दोस्रो साता हुनेछ,’गिरीले भने । उनले अब प्रवेश परीक्षाको नतिजा, भर्ना, कक्षा सञ्चालन, बार्षिक परीक्षा लगायतका कुराहरु नयाँ क्यालेन्डर अनुसार चल्ने बताए ।
कर्णाली प्रतिष्ठानलाई सीट दिने निर्णय अरु प्रतिष्ठानसंगै यसैबीच आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पीजीमा सिट दिने निर्णय अरु कलेज तथा प्रतिष्ठानको सिट निर्धारण गरेकै बखत हुने बताएको छ ।उसले पाएको सिटमा भर्ना हुनका लागि विद्यार्थीले साझा प्रवेश परीक्षामा सहभागी हुनुपर्ने बताएको छ । आयोगले कर्णालीलाई एमडीजीपीमा ३ सिट दिने तयारी गरेको छ ।‘सिट दिने औपचारिक निर्णय भएको छैन् । अब अरु कलेज तथा प्रतिष्ठानलाई दिने बेला नै त्यसको पनि निर्णय हुन्छ । सिट पायो भने साझा प्रवेश परीक्षाबाट विद्यार्थी छनौट हुन्छ,’ आयोग उपाध्यक्ष प्राडा गिरीले भने ।