वीरगञ्ज चिनी कारखानाको ६ बिघा जग्गा बिक्रीका लागि स्वीकृित
वीरगंज संजाल
Feb 27, 2020, 9:54 pm
१४९३९
काठमाडौं | सरकारले वीरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको ६ बिघा जग्गा बिक्रीका लागि स्वीकृित प्रदान गरेको छ ।यही फागुन ५ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकले पर्सास्थित वीरगञ्ज महानगरपालिका वडा नं १४ मा रहेको कित्ता नं ११३१ को १०–६–४ बिघामध्ये ६ बिघा जग्गा बिक्री गर्न स्वीकृति दिएको हो ।यसैगरी सरकारले पोखरा मनपा–३ र ११ जोड्ने सेती नदी माथिको पुल निर्माण गर्दा आवश्यक पर्ने ३७७.५० वर्गमिटर क्षेत्रफल जग्गा प्राप्तिको लागि जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ बमोजिम स्वीकृति दिइएको छ ।
यही फागुन २६ देखि आगामी चैत्र ७ सम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय आयोग (सिएसडब्लु) को ६४औँ सम्मेलनमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागिताका लागि स्वीकृति दिइएको छ ।बैठकले नेपाली सेनाका पाइलट महासेनानी अर्जुन खत्री क्षेत्रीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । बहुप्राविधिक महाविद्यालय निर्माण र सञ्चालनार्थ सिन्धुपाल्चोकको चौतारा–साँगागढीचोकगढी नगरपालिका–५ स्थित आहालडाँडा सामुदायिक वन क्षेत्रसहित राष्ट्रिय वन क्षेत्रको ०.८९७० हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुख र पोल तगा बिरुवा हटाउन स्वीकृति दिएको छ ।