• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    बंगलादेशको जलमार्गमा नेपालको पानीजहाज चलाउने तयारी

  • वीरगंज संजाल
  • १३ फाल्गुन २०७६, मंगलवार १५:३७
  • ५२९५

    काठमाडौं। भारतपछि नेपालले बंगलादेशको जलमार्ग प्रयोग गर्ने तयारी शुरू गरेको छ।पानीजहाज चलाउने नेपालको चाहनालाई मध्यनजर गरेर बंगलादेशले अवधारण-पत्र मागेपछि नेपालले तयारी शुरू गरेको हो।भारतीय स्थलमार्ग हुँदै बंगलादेशको चिलमारीदेख मंग्ला बन्दरगाहसम्म पानीजहाज सञ्चालन गर्ने नेपालको तयारी छ।भारतीय भूमि प्रयोग गरेर बंगलादेशको जलमार्गमा पानीजहाज सञ्चालनको सम्भाव्यता देखेपछि नेपाल सरकार त्यसको तयारीमा लागेको हो।

    आउँदो २०-२१ फागुनमा बंगलादेशको राजधानी ढाकामा नेपाल-बंगलादेश व्यापार वार्ता हुँदै छ। सोही वार्तामा पानीजहाज सञ्चालन गर्नेबारे नेपाल र बंगलादेशबीच थप छलफल हुने भएको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्यतर्फका सहसचिव नवराज ढकालले झापाको काँकडभिट्टाबाट फुलबारी र बंगलाबन्ध हुँदै चिलमारीसम्म सकडमार्गबाट र चिलमारीदेखि मंग्ला बन्दरगाहसम्म जलमार्गको प्रयोग गर्ने गरी अवधारणा-पत्र तयार पारिएको बताए।काँकडभिट्टादेखि बंगलाबन्ध नाकासम्मको दुरी ३८ किलोमिटर र बंगलाबन्धदेखि चिलमारीसम्मको दुरी २०३ किलोमिटर छ।

    वार्तामा चिलमारीबाट मंग्ला बन्दरगाहसम्म जलमार्ग हुँदै पानीजहाज चलाउने विषयमा छलफल हुने बताइएको छ।नेपाल-बंगलादेशबीच हुन लागेको व्यापार वार्ताका क्रममा नेपाली पक्षले प्रमुख ६ वटा निर्यातजन्य वस्तुलाई मूख्य अजेन्डा बनाएको छ। दुई दिनसम्म चल्ने उक्त वार्तामा नेपाली धागो, तरकारी, अमरिसो, चिया, अलैँची र हर्बल प्रडक्टको विषयमा गम्भिर छलफल हुनेछ।तर, बंगलादेशको जलमार्ग हुँदै पानीजहाज सञ्चालन गर्न नेपाल-भारत-बंगलादेशबीच त्रिपक्षिय सम्झौता आवश्यक पर्छ।यसअघि नेपालमा भएको बंगलादेशसँगको व्यापार वार्तामा त्रिपक्षीय पारवहन सम्झौताको प्रस्ताव गरिएको थियो।यद्यपि, भारत र नेपाल सरकारबीच तीन भारतीय जलमार्ग सञ्चालन गर्ने विषयमा सहमति भइसकेको छ।सहमतिपछि भारतीय जलमार्ग हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न बाटो खुलेको छ।

    नेपालले भारतको कालुघाट, साहेबगञ्ज र वाराणसीको जलमार्ग प्रयोग गर्न सक्नेछ।त्यसैगरी, बंगलादेश हुँदै भारतीय जलमार्ग प्रयोग गर्ने विषयमा समेत छलफल हुने मन्त्रालयको स्रोतले बतायो।हाल भारत र बंगलादेशले गंगा नदीबाट तथा बंगलादेश-भारत-भुटानले ब्रह्मपुत्र नदीबाट पानीजहाज सञ्चालनमा ल्याइसकेका छन्।गत २८ कात्तिकमा नेपाल भ्रमणमा आएका बंगालदेशका राष्ट्रपति अब्दुल हमिदले नेपाल र बंगलादेशले भारतको गंगा नदी हुँदै पानीजहाज सञ्चालन गर्न सक्ने बताएका थिए।पानीजहाजसँगै त्रिदेशीय सडक यातायात र रेलमार्गको विषयमा समेत छलफल गरिने बताइएको छ।पाँच वटा वस्तुको निर्यात प्रमुख अजेन्डा

    नेपाल-बंगलादेश व्यापार वार्ताका क्रममा नेपाली पक्षले प्रमुख ६ वटा निर्यातजन्य वस्तुलाई मूख्य अजेन्डा बनाएको छ।दुई दिनसम्म चल्ने उक्त वार्तामा नेपाली धागो, तरकारी, अमरिसो, चिया, अलैँची र हर्बल प्रडक्टको विषयमा गम्भिर छलफल गरिने बताइएको छ।सचिवस्तरीय बैठकअघि हुने दुई देशको भन्सारस्तरीय बैठकमा नेपाल र बंगलादशेबीच धागो निर्यात खुलाउने सहमति हुने नेपाली अधिकारीहरुले बताएका छन्।हाल नेपालबाट बंगलादेशतर्फ एक्रेलिक धागोबाहेक अन्य धागोको निर्यात बन्द छ।

    बंगलादेशी बजारमा एक्रेलिक धागोको बजार न्यून छ। भन्सारस्तरीय वार्तापछि सचिवस्तरीय वार्तामा समेत नेपाली पक्षले धागो निर्यातको विषयमा थप छलफल गर्ने छ।यस्तै, धागोसहित अन्य वस्तुमा बंगलादेशले लगाउँदै आएको उच्च भन्सारदरलाई हटाउने विषयमा छलफल हुने छ।वार्तामा बंगलादेशले भने प्रान लिचि जुसको नेपाल निर्यात खुलाउने विषयलाई प्रमुख अजेण्डा बनाउने बताइएको छ।नेपाल र बंगलादेशका तीन सरकारी संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर (एमओयू) र काठमाडौंदेखि ढाकासम्म यात्रुबाहक वस सेवा सञ्चालन गर्ने विषय पनि अजेण्डाका रुपमा रहने मन्त्रालय स्रोतले बतायो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑