• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंज–पथलैया ६ लेनको सडक विस्तारको काम सन्तोषजनक भएन,२ वर्षमा ५०% मात्रै काम

  • वीरगंज संजाल
  • Feb 21, 2020, 10:36 pm
  • ४२१७

    वीरगंज | वीरगंज–पथलैया ६ लेन व्यापारिक मार्गको कामले तीव्रता लिन सकेको छैन। २०७३ असार २९ गते शुरू भएको  वीरगंज–पथलैया ६ लेन व्यापारिक मार्गको काम सम्झौता अनुसार २०७५ पुस २८ गते अर्थात् तीस महीनामा पूरा गर्नुपर्ने थियो । तर तोकिएको समयमा काम पूरा हुन नसकेपछि वीरगंज–पथलैया ६ लेन व्यापारिक मार्ग निर्माण अवधि २०७७ असार मसान्तसम्म सम्पन्न गर्न अन्तिमपटक म्याद थप गरिएको छ तर  अहिलेसम्मको कामको प्रगति हेर्दा थप गरिएको अन्तिम अवधि २०७७ असार मसान्तसम्म कुनै पनि दृष्टिकोणबाट काम सम्पन्न हुने लक्षण देखिएको छैन । सम्झौता भएपछि तोकिएको समयमा काम सम्पन्न हुन नसक्नुको प्रमुख कारण जीतपुर–परवानीपुरको अतिक्रमण देखाउने ठेकदार कम्पनीहरूले अहिले अतिक्रमण खाली भएपछि पनि कामलाई गति प्रदान गर्न सकेका छैनन् । पथलैयादेखि सिमरासम्मको सडकखण्डमा  खासै प्रगति भएको छैन।

    हुलास अगाडिदेखि सिमरा बजारअगावैसम्म मात्र चार लेनको सडक सम्पन्न भएको छ भने त्यसमा दुई लेनको सडक बनाउने कार्य निकै सुस्त गतिमा छ । हुलासदेखि पथलैयासम्मको क्षेत्रमा पनि माटो सम्याउने, ग्रेभल गर्ने जस्ता कामहरू तीव्र गतिमा हुन नसकेको कारण केही महीनादेखि ठेकेदारले जेसिबीको प्रयोग गरेर काम गरिरहेको जनाउ दिने कार्य मात्र गरिरहेका छन् । सो क्षेत्रमा यसअघि वनक्षेत्र रहेको र रूख कटानको समस्यालाई ठेकेदारले म्याद थपको साधन बनाएको थियो । तर वनक्षेत्रबाट रूख कटान भएको महीनौं बितिसकेको छ भने पेट्रोलियम पाइपलाइन जडान भएर सञ्चालनमा पनि आइसक्दा सडकको काम भने खासै प्रगतिमा छैन ।

    सिमरा बजारदेखि जीतपुर, परवानीपुर, वीरगंज गण्डक क्षेत्रसम्मको अवस्था झनै कहालीलाग्दो छ । परवारनीपुरमा रहेको सुक्खा बन्दरगाह जाने बाटोदेखि जीतपुरस्थित सेनाको ब्यारेक नपुग्दैसम्म मात्र चार लेन कालोपत्र भएको छ । सो क्षेत्रमा पनि थप दुई लेनको काम भने कछुवा गतिमैं छ । योबाहेक जीतपुर, परवानीपुरदेखि वीरगंजको गण्डकसम्म पुल बनाउने काम सम्पन्न हुन सकेको छैन । यसैगरी, सडकमा माटो सम्याउने काम भइरहेको छ । गण्डकदेखि परवानीपुरसम्म पुरानै कालोपत्र सडक अहिलेसम्म सञ्चालनमा छ । त्यहाँ कामको शुभारम्भ गरिएको छैन । यो अवस्थाको आकलन गर्दा पुरानो कालोपत्र सडक भत्काउने, माटो सम्याउने, ग्रेभल गरेर कालोपत्र हुनेसम्मको काम आगामी असारसम्म कुनै पनि हालतमा सम्पन्न होला जस्तो नरहेको स्थानीयवासीको भनाइ छ । ६ लेन वीरगंज–पथलैया व्यापारिक सडक निर्माणको लागि गण्डकदेखि पथलैयासम्म दुवैतर्पm नाला बनाएर सीमा निर्धारण गर्ने काम भने जोडतोडले भइरहेको छ । निर्धारित ठाउँमा पुनः अतिक्रमण नहोस् भनेर नाला निर्माणलाई तीव्रता दिए पनि सडक, पूmटपाथको निर्माण काम भने सुस्त गतिमा चलिरहेको छ ।

    ठेक्का सम्झौता र प्रगति

     

    व्यापारिक मार्ग विस्तार योजना (वीरगंज–पथलैया) अन्तर्गत पथलैया–परवानीपुर–श्रीसिया सुक्खा बन्दरगाह, एकीकृत चेकपोस्टसम्म २६.४४ किमी ६ लेन र परवानीपुर–गण्डकचोक–वीरगंजसम्म ४.२५ किमी चार लेन सडक तथा पुल निर्माणको लागि ७ वटा प्याकेजमा रु ५ अर्ब २० करोडमा ठेक्का सम्झौता भएको थियो । तोकिएको समयमा काम पूरा नभए कारबाई गर्ने योजनाको कार्यालयले जनाउँदै आएको छ । व्यापारिक मार्गमा अहिलेसम्म ६५ प्रतिशत कार्य प्रगति भएको र ३५ प्रतिशत काम तोकिएको समयमा पूरा गराउन ठेकेदार कम्पनीलाई खासै दबाब दिएको पाइएको छैन ।

    वीरगंजको गण्डकदेखि परवानीपुरसम्मको क्षेत्रमा ठेकेदारले चरम लापरवाही गरेको छ । सो क्षेत्रमा सडकखण्डको दुवैतर्पm आसपासका उद्योगहरूले राखेको छाइको भण्डार क्षेत्रमा नै अहिले नयाँ माटो हालेर मिलाउने र छाइसहितको माटो सम्याउने काम भइरहेको छ ।
    ठेकेदारले पुरानो बाटोको दुवैतर्पm राखिएको छाइलाई खनेर हटाउनुपर्ने र त्यहाँ नयाँ माटो राखेर काम गर्नुपर्ने प्राविधिकहरू बताउँछन् । तर सार्वजनिकरूपमा खुलेयाम यस्तो विकृति भइरहँदा पनि कुनै अनुगमन छैन, कारबाई छैन । यो पारामा निर्माण हुने सो क्षेत्रको कालोपत्र धेरै वर्षसम्म चल्नै नसक्ने प्राविधिकहरूको दाबी छ । छाइ नहटाएर बनेका क्षेत्रमा सडक भासिने सम्भावना बढी हुने उनीहरूको भनाइ छ । आइसिपी, सुक्खा बन्दरगाह र वीरगंज भन्सारबाट छुट्ने धेरै भार क्षमताका सवारीसाधनहरू चल्ने यो सडकखण्डमा यस प्रकारको लापरवाही भइरहँदा पनि सम्बन्धित कार्यालय, त्यसका अनुगमनकर्ता प्राविधिक टोलीले रोकथाम नगर्नु आश्चर्यको विषय भएको छ ।रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न
  • रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य
  • धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो
  • भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    काठमाडौं आइपुगे भारतीय प्रधानसेनापति सेठ

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    News

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    News

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    News

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    News

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑