• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    जनशक्ति नहुँदा रेल चलाउन ढिलाइ

  • वीरगंज संजाल
  • Feb 21, 2020, 10:40 am
  • ४५०९

    जनकपुर । लामो समयदेखि अवरुद्ध जनकपुर–जयनगर रेल आधुनिक सुविधासहित यसै आर्थिक वर्षभित्र सञ्चालन हुने भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षभित्रै सुविधायुक्त रेल सेवा सञ्चालन गर्ने कार्ययोजना बनाई काम तीव्र बनाएको छ । त्यस क्रममा भारतको चेन्नईमा दुईवटा आधुनिक सुविधाका रेल निर्माण भइरहेका छन् ।
    भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले भन्नुभयो, ‘धरै वर्ष अवरुद्ध रेल सेवा आगामी असारभित्रै सञ्चालनमा आउने छ ।

    आफ्नै भूमिमा सुविधायुक्त रेल चढ्ने नेपालीको सपना यसै आर्थिक वर्षमा पूरा हुने छ । ‘ उनले भन्नुभयो मन्त्रालयले चालू आर्थिक वर्षभित्रै रेल सेवा सञ्चालनमा ल्याउने कार्ययोजना तयार गरी पूर्वतयारी तीव्र बनाएकाले निर्धारित समयमै रेल सञ्चालनमा आउँछ भने।

    उनले भने, ‘भारतको चेन्नईमा निर्मित नेपाल ल्याइने दुईवटा रेलमध्ये एउटाको निर्माण सम्पन्न भई सफल परीक्षणसमेत भइसकेको छ । अर्कोको निर्माण एक महिनाभित्र सम्पन्न हुने छ । जयनगर–जनकपुर ३५ किलोमिटर रेलवे ट्र्याक निर्माण भइसकेको छ । विदेशी प्राविधिकहरू भर्ना गर्ने निर्णय भइसकेको र रेलको चालक खोज्ने काम पनि भइरहेको छ ।’ भारत सरकारको पूर्ण स्वामित्वमा रहेको कोकन रेलवे कर्पोरेसन लिमिटेडले सो रेल निर्माण गरिरहेको छ ।

    जयनगर–जनकपुर रेलवे ट्र्याक, घर लगायतका संरचना र जयनगर स्टेसन चाँडै नै भारतले नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रमको तयारी भइरहेको जानकारीसमेत उनले दिए। नेपाल र भारतबीच यसअघि भएको सम्झौैतामा नेपालमा रेल सेवा सञ्चालन नहुन्जेल जयनगर रेलवे स्टेसन नेपालले नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

    ‘नीतिगत काम पूरा गरी रेलवे ट्र्याक, घर लगायतका संरचना तथा जयनगर स्टेसन भारतबाट जिम्मा लिइसकेपछि चालू आर्थिक वर्षभित्रै रेल सञ्चालनमा ल्याउँछौँ, यो नै हो मन्त्रालयको स्वीकृत कार्य योजना’, उनले भन्नुभयो, ‘रेल निर्माण भइसक्यो तर रेल ल्याएर आफैँ गुड्दैन । त्यसका लागि नीतिगत काम तथा तयारी धमाधाम भइरहेको छ ।’

    ‘रेल चलाउने प्राविधिकहरूको खोजी स्वदेशमा पनि भइरहेको छ । अहिलेसम्म एक जना नेपाली रेल चालक मन्त्रालयको सम्पर्कमा आई कामको जिम्मेवारी पाइसक्नुभएको छ’, मन्त्री नेम्वाङले भन्नुभयो, ‘रेल सञ्चालनका लागि पाएजति नेपाली प्राविधिक नै राखिने हो । नेपाली नपाएको अवस्थामा विदेशीलाई नै करारमा भर्ना गरी रेल सेवा सञ्चालनका लागि मन्त्रिपरिषद्बाट समेत निर्णय भइसकेको छ । ‘

    निर्माणाधीन रेलमा ‘डीईएमयू’

    चेन्नईमा निर्माणाधीन रेल डिजेटल इलेक्ट्रिफाइड मल्टिपल युनिट (डीईएमयू) प्राविधिको रहेको रेल विभागले जनाएको छ । यस प्राविधिमा डिजेललाई विद्युतीय शक्तिमा रूपान्तरण गरी रेल सञ्चालनमा ल्याइन्छ । एउटा रेल सेटमा पाँचवटा डब्बा (बोगी) जडान गरिने छ । एक हजार छ हर्ष पावरको सो इन्जिनले प्रतिलिटर तीन किलोमिटर माइलेज दिने छ । पाँचवटा डब्बामध्ये एउटा एसी रहने छ ।

    रेल आउने भए पनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापनमै अल्झिइरहेको अवस्था छ । रेल सञ्चालनका लागि कार्यालय सहयोगीदेखि व्यवस्थापक र साधारण प्राविधिकदेखि विशेषज्ञ इन्जिनियरसम्मको जनशक्ति आवश्यक रहे पनि अहिलेसम्म कर्मचारी भर्ना तथा व्यवस्थापनको नाममा कुनै काम अगाडि बढ्न सकेको छैन ।

    रेल सञ्चालनमा लागि आवश्यक जनशक्ति व्यवस्थापन कार्य प्रक्रियामा रहेको बताउँदै रेल विभागका प्रवक्ता अमन चित्रकारले रेल सञ्चालनका लागि नेपालमा सम्बन्धित दक्ष तथा अनुभवी जनशक्ति अभाव रहेको अहिलेको अवस्थामा उक्त रेल सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति आउटसोर्सिङ गरी उपलब्ध गराउनेतर्फ आवश्यक काम भइरहेको जानकारी दिए ।

    पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्म र दोस्रो चरणमा कुर्थादेखि बिजुलपुरा रेल सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको जानकारी उनले दिए । कुल ३४ किलोमिटर दूरी रहेको जयनगरदेखि कुर्थासम्म रेल सञ्चालनका लागि आवश्यक पूर्वाधारको काम सम्पन्न भइसकेको छ । कुर्थादेखि बिजुलपुरासम्मको दूरी १७ किलोमिटर छ । जयनगरदेखि बर्दिबाससम्म ६९ किलोमिटरको दूरीमा रेल सञ्चालन गर्ने योजना छ ।

    रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल सञ्चालनका लागि पहिलो चरणमा करिब दुई सय कर्मचारी आवश्यक रहे पनि कर्मचारी भर्नाका लागि तत्काल विज्ञापन गरिहाल्ने अवस्था नरहेको जानकारी दिए । आवश्यक विज्ञ जनशक्ति र कर्मचारीको अभावमा रेल सञ्चालन गर्न नसक्ने उनले स्पष्ट पारे ।

    कर्मचारी भर्नाका लागि लोक सेवा र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भए पनि मन्त्रिपरिषद्बाट निर्णय नभएसम्म तत्काल विज्ञापन खुलाइहाल्ने अवस्था नरहेको उनले स्पष्ट पारे । रेल विभागले विगत छ महिनादेखि कर्मचारी माग गर्दै आइरहेको छ । रेल सञ्चालनका लागि सुरुमा प्राविधिक टोली भारतबाटै लिनुपर्ने भए पनि प्रशासनिक कार्यका लागि नेपाली कर्मचारी नै भर्ना गर्नुपर्ने उनले स्पष्ट पारे ।

    भाडादर पनि तय
    रेल विभागका महानिर्देशक मिश्रका अनुसार नेपाल आउन लागेको रेल ‘डेमो ट्रेनसेट’ हो । एउटा ट्रेनसेटमा अगाडि र पछाडि गरेर दुईवटा इन्जिन हुन्छन् । नेपालतर्फ आउँदा अगाडिको इन्जिन र भारततर्फ फर्किंदा पछाडिको इन्जिनले काम गर्ने छ ।

    त्यसैगरी एउटा ट्रेनसेटमा पाँचवटा डब्बा हुन्छन् । तीमध्ये एउटा डब्बा वातानुकूलित (एसी कोच) हुने छ । उनले भने, ‘जयनगरदेखि कुर्थासम्म साधारणतर्फ ६० रुपियाँ र ‘एसी’तर्फ तीन सय रुपियाँ भाडादर कायम गर्ने विषयमा छलफल भइरहेको छ । उनले जयनगर स्टेसनमा समेत नेपाली रेल्वे व्यवस्थापन राख्ने तयारी भइरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न
  • रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य
  • धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो
  • भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    काठमाडौं आइपुगे भारतीय प्रधानसेनापति सेठ

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    News

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    News

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    News

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    News

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑