काठमाडौं । आईसीसी विश्कप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १०० रन पूरा गरेको छ । नेपालका लागि ओपनरमा आएका सुवास खकुरेल २२ रनमा आउट भए ।
सुवास मोहमद नदिमको बलमा एलबीडब्लु आउट भएका हुन् । त्यसपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका पारस खड्काले नेपालको इनिङ उकासेका थिए । नेपालका लागि ओपनरमा आएका कप्तान ज्ञानेन्द्र मल्लले ४४ रनमा खेलिरहेका छन् । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका पासरले ३३ रन बनाएका छन् । २२ ओभरको समाप्तीमा नेपालले एक विकेट गुमाएर १०१ रन पूरा गरेको हो ।
घरेलु मैदानमा भएको पहिलो खेलमा १८ रनले पराजित भएको आजको खेलमा जित निकाल्ने योजना छ । आजको खेलमा पनि नेपाल जित निकाल्दै सिरिजमा आफूलाई बलियो बनाउने योजनामा छ । ओमानलाई पारजित गर्न सकेमा नेपाललाई अघिल्लो चरणका खेलहरुमा सहज हुनेछ । उता ओमान पनि नेपाललाई लगातार दुई खेलमा हराउने योजनामा छ ।baahrakhari