• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अविस्कार

    अहिलेका फिल्मबाट हराउँदै हो प्रेम !

  • वीरगंज संजाल
  • Feb 7, 2020, 6:30 am
  • ३५७१

    नयाँ दिल्ली । हिन्दी फिल्ममा वर्षौसम्म प्रेमकथा फिल्मको ‘रीढको हड्डी’ अर्थात ब्याक बोन रह्यो । तिनमा कथाको अन्त्य हुँदासम्म हिरो हिरोइनसँगको मिलनले पूर्णता पाउँथ्यो ।बीचमा कुनै भिलेन वा गुण्डा आए अथवा हिरोइनका पिताजी देखिए, तिनीहरू फिल्ममा प्रेमका बीच हलुवामा बालुवा भइदिन्थे ।‘मुगल–ए–आजम’मा शहंशाह अकबरले अनारकली र सलीम बीचको प्रेममा खुबै ढुँगाबाजी गरे । तर यति हुँदाहुँदै पनि हिरो हिरोइनको मिलन भएरै छाड्यो । र रुखको वरिपरि गीत गाएको हेर्दाहेर्दै तीन घण्टाको समय बित्यो, ‘द इन्ड’ । तर अहिले यो ‘प्रेम’लाई नराम्रो झट्का लागेको छ !

    सन् २०१९मा प्रदर्शनमा आएको फिल्ममा केही ध्यान दिउँ । ‘उरी’ एउटा युद्ध पृष्ठभूमिमा तयार भएको फिल्म हो । ऋतिक रोशनको ‘वार’ फिल्मको नामबाटै थाहा हुन्छ यस फिल्मको मुख्य कथा के रहेको छ । पनि होइन कि यि फिल्महरूबाट प्रेमका प्रसंग पुरापुर गायब भएका छन् । तर कथाको प्लट केही फरक किसिमले बुनिएको थियो । अर्थात मानिसलाई यदि सिनेमा हलसम्म ल्याउनु छ भने प्रेमले मात्रै पनि काम चल्दैन !र अरु पनि उदाहरण छन्, जस्तै ऋतिक रोशनको ‘सुपर ३०’, अक्षय कुमारको ‘मिशन मंगल’, जान इब्राहमको ‘बाटल हाउस’, रानी मुखर्जीको ‘मर्दानी’ र आयुश्मान खुरानाको ‘आर्टिकल १५’ । यि सबैका पोस्टरहरूबाट नायक वा नायिका गायब थिए ।

    यस्को कारण यो पनि हुनसक्छ, यतिखेर साउथका फिल्महरूलाई हिन्दीमा बनाउने चलनमा वृद्धि हुँदैगएको छ । र त्यहाँ अति नै धेरै एक्सन सिन हुन्छ । एउटा अर्को कारण पनि छ, अब मानिसको जीवनकथालाई ठूलो पर्दामा पनि देखाइँदै आइएको छ ।पछिल्ला केही वर्षदखि बायोपिक फिल्महरू राम्ररी चलेका छन् । जस्तै ‘भाग मिल्खा भाग’, ‘मेरी कोम’, ‘डर्टी पिक्चर’ र ‘संजु’ ।अब २०२०मा आउने फिल्महरू माथि दृष्टि दिउँ । दीपिका पादुकोणको ‘छपाक’, कंगनाको ‘पंगा’ र आमिर खानको ‘लाल सिंह चड्ढा’का पोस्टरहरूमा प्रेम र मायाको नामोनिशान भेटिँदैन ।

    यी आम मानिसका कथा हुन्, जसले तिनको व्यक्तित्वको बयान गर्छ । रणवीर सिंहको ‘८३’ भारतले सन् १९८३मा क्रिकेटको विश्व कप जितेको प्रसंगमा आधारित फिल्म हो । त्यहीँ कंगनाको ‘थलइवा’ एकजना प्रख्यात नेताको कथा हो ।यद्यपि, यो पहिलो पटक होइन प्रेमकथा माथि झटका लागेको ! ७० र ८० को दशकमा अमिताभ बच्चनको अवतार लिएर पर्दामा उदाएको एङ्ग्री यङ म्यानको छवि र उनका फिल्महरू ‘कालिया’, ‘जंजीर’, ‘त्रिशुल’ जस्ता फिल्ममा प्रेमकथा त थियो, तर ति छेउको लीकबाट हिँडिरहेका थिए ।८०को दशक सकिँदा सकिँदै फेरि प्रेमकथाको पुनरावृत्ति भयो । र त्यसैबेला ‘मैने प्यार किया’ र ‘कयामत से कयामत तक’ जस्ता फिल्मले यसको थालनी ग¥यो ।

    यि दुबै दशकहरूमा जहाँ गोल्डेन स्कृनमा एङ्ग्री यङ म्यानको छवि बन्यो, त्यसका साथै आयो फिल्ममा प्रख्यातिको मेडल बोक्दै भिलेन, ‘गब्बर सिंह’, ‘लायन’ र ‘शाकाल’ ।हिन्दी फिल्मको झुकाव ९० को दशकमा फेरि प्रेमकथा तिर नै रह्यो । दर्शकले ‘हम आपके हैँ कौन’, ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’, ‘दिल तो पागल है’ र ‘कुछ कुछ होता है’, जस्ता फिल्मलाई अत्यधिक मनपराए पनि ।तर २०१० पछिको समयमा सलमान खानको ‘दबंग’, रोहित सेट्टीको ‘सिंघम’ र अक्षय कुमारका कतिपय देशभक्तिका विषयमा बनेको ‘एक्सन फिल्म’हरूले आफ्नो पकड जमाउँदै गयो ।तर एक्सन कति समयसम्म हिन्दी फिल्ममा टिक्न सक्छ ? यो सबै फिल्मका ति सबै शौकिनहरूमाथि नै निर्भर गर्दछ, जसको रुची फिल्मको विषयलाई लिएर निरन्तर परिवर्तन भइरहन्छ ! बीबीसीबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑