आज:
  • होमपेज / जीवनशैली

    भारतमा शल्यक्रिया गरेर झिकियो झण्डै साढे सात किलोको मिर्गौला

  • वीरगंज संजाल
  • ११ मंसिर २०७६, बुधबार १३:१२
  • ५८५५

    भारत  | भारतीय चिकित्सकहरूले एकजना बिरामीको शरीरबाट ७.४ किलोग्राम बराबरको एउटा मिर्गौला निकालेका छन्। त्यो भनेको दुईजना स्वस्थ नवजात शिशुको तौल बराबर हो।

    भारतमा बिरामीको शरीरबाट निकालिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो मिर्गौला भएको ठानिएको छ।  सामान्यतया एउटा स्वस्थ मानिसको मिर्गौलाको तौल १२० देखि १५० ग्राम जति हुन्छ।

    अवस्था
    ती बिरामी ‘अटोसमल डोमिनेन्ट पोलिसिस्टिक किड्नी डिजीज’ भनिने रोगबाट पीडित थिए जुन रोगका कारण शरीरभरि ‘सिस्ट’ उत्पन्न हुने गर्छ।

    शल्यक्रियामा संलग्न एकजना चिकित्सकका अनुसार यो रोग लागेका बिरामीहरूको मिर्गौला ठूलो हुनु सामान्यजस्तै हो।

    यद्यपि दिल्लीस्थित सर गङ्गाराम अस्पतालका डा. सचिन कथुरिआले बताए अनुसार सङ्क्रमण र आन्तरिक रक्तस्रावको लक्षण नदेखिएसम्म र शरीरभित्र केही हदसम्म छान्ने काम गरिरहेको अवस्थामा बिरामीको शरीरबाट मिर्गौला झिकिँदैन।

    ‘यी बिरामीमा एउटा नराम्रो सङ्क्रमण देखिएको थियो जसका कारण एन्टिबायोटिकले काम गरिरहेको थिएन र मिर्गौलाको आकारले उनलाई सास फेर्न गाह्रो भइरहेको थियो। अतः त्यसलाई झिक्नुको विकल्प हामीसँग भएन,’ उनले भने।

    डा.  कथुरिआका अनुसार चिकित्सकहरूले ठूलै मिर्गौला हुन सक्ने अनुमान गरेका थिए, तर त्यसको आकारले उनीहरूलाई झन् चकित बनायो।  उनले भने, ‘मिर्गौला त हामीले अनुमान गरेकोभन्दा पनि ठूलो रहेछ।’

    उनका अनुसार गिनिज वर्ल्ड रेकर्डमा अहिलेसम्म सबैभन्दा ठूलो मिर्गौला साढे ४ किलोको दर्ता भएको छ।

    यद्यपि मूत्र रोगसम्बन्धी जर्नलका अनुसार त्योभन्दा ठूलो आकारका मिर्गौला पनि पाइएका छन्।  यसअघि संयुक्त राज्य अमेरिकामा एउटा नौ किलोको पाइएको थियो भने द नेदरल्याण्ड्समा ८.७ किलोको पाइएको थियो।  गिनिज वर्ल्ड रेकर्डमा दर्ताका लागि जाने अथवा नजाने भन्ने विषयमा आफूहरूले विचार गरिरहेको डा. कथुरिआले बताए।

    एनएचएस वेबसाइटका अनुसार पोलिसिस्टिक किड्नी डिजीज वंशाणुगत रोग हो जुन ३० देखि ६० वर्षको उमेरमा मानिसहरूमा देखिन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑