• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आजदेखि यमपञ्चक (तिहार) आरम्भ

  • वीरगंज संजाल
  • Oct 25, 2019, 7:51 am
  • ४३८३

    काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । शुक्रबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

    यस वर्ष यमदीपदान शुक्रबारदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक ९ गते शनिबार परेको समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले जानकारी दिए ।

    यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार नै परेको छ । तिथिको घटबढका कारण यस्तो भएको उनले बताए ।

    यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने उहाँले बताए ।

    कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । बिहान ११ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत्रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए ।

    गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । ११ गते बिहान ९ः४३ बजेसम्म औँशी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्नुपर्ने हुन्छ ।

    कात्तिक १२ गते मङ्गलबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताए ।

    कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन ।

    कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको उनले बताए ।

    यसै दिनदेखि नेपाल संवत् ११४० शुरु हुन्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ ।

    कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ ।

    झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ताअघिदेखि नै राजधानीलगायत प्रमुख शहरमा बत्ती बाल्न शुरु भइसकेको छ ।

    बत्तीको उज्यालोले शहरमा घुम्दासमेत मन आनन्दित हुन्छ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी
  • सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु
  • लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति
  • संसद्‌मा एमालेको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने ?
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी

    सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु

    लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति

    संसद्‌मा एमालेको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने ?

    जनशक्तिको अभावका बाबजुद उच्च अदालत वीरगञ्जको उल्लेखनीय प्रगति, ७१.०८ प्रतिशत मुद्दा फर्छ्योट

    आचार्य एकेडेमीमा विद्यार्थीद्वारा आयोजित गुरु पूर्णिमा कार्यक्रम सम्पन्न

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी

    सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु

    लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति

    संसद्‌मा एमालेको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने ?

    जनशक्तिको अभावका बाबजुद उच्च अदालत वीरगञ्जको उल्लेखनीय प्रगति, ७१.०८ प्रतिशत मुद्दा फर्छ्योट

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी

    News

    सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु

    News

    लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति

    News

    संसद्‌मा एमालेको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने ?

    News

    जनशक्तिको अभावका बाबजुद उच्च अदालत वीरगञ्जको उल्लेखनीय प्रगति, ७१.०८ प्रतिशत मुद्दा फर्छ्योट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑