• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  कला मनोरंजन

    वीरगन्जमा दसैं मेला : जाने हैन त जलेबी खान ?

  • वीरगंज संजाल
  • Oct 4, 2019, 5:53 am
  • १०९६९

    वीरगन्ज : जलेबी (जुलेबी) तराई मधेसमा रुचाइएको मिठाइ हो। अरु मिठाइभन्दा यो सस्तो पनि हुन्छ।मधेसमा विभिन्न पर्व र अवसरमा लाग्ने मेलामा जलेबी पाकेकै हुन्छ। मेला जाने जोकोही थोरै भएपनि जलेबी किनेर खान्छन्। अनि घर फर्किँदा कोशेलीका रुपमा जलेबी लिएर जान्छन् ।

    वीरगन्जमा घटस्थापनाका दिनदेखि लागेको दसैं मेलामा जलेबी मुख्य आकर्षण बनेको छ । दसैंको अवसरमा वीरगन्जमा हरेक वर्ष लाग्ने मेलामा सडकका फुटपाथ र छेउछाउमा जलेबीका दर्जनौं पसल प्रशस्त भेटिन्छन्।

    यसपाली पनि घटनस्थापनादेखि मेला लागेको वीरगन्जको घण्टाघर चोकदेखि माइस्थान चोक, महवीर स्थान, अलखीया मठहुँदै वीर्ता चोकसम्म र माइस्थान चोकदेखि गीता मन्दिरसम्मको सडक छेउछाउमा जलेबीका झण्डै डेढ सयभन्दा बढी पसल छन्।

    मेला हेर्न आउने हरेकले जलेबी किनेर घर लैजाने गरेको पर्साको विन्दवासीनीका हरिहर राउतले बताए।’मेला आएकाले जलेबी नकिन्ने कोही हुँदैनन्, उनले भने, ‘मेलाको मिठाई भने कै जलेबी हो, घरमा बालिबालिकादेखि वृद्धवृद्धा सबैले जलेवी मन पराउँछन्। यो अरु मिठाइजस्तो महंगो पनि हुँदैन। जलेबी मधेसको पहिचान दिने मिठाइ हो ।’

    हरेक वर्ष लाग्ने मेलामा जलेबी बिक्री गर्न अधिकांश व्यापारी सीमावर्ती भारतीय गाउँबाट आउने गरेका छन् । पर्सा र बाराको ग्रामीण भेगबाट पनि मेलामा जलेबीको पसल थाप्न व्यापारी वीरगन्ज आउने गरेका छन् । 

    वीरगन्जमा लागेको दसैं मेलामा जलेबीको बिक्री बढेको व्यापरीले बताए। दसैं मेलामा विगत ५ वर्षदेखि वीरगन्जमा जलेबीको पसल थाप्दै आएका भारत बिहारको छौडादानेका राजु कानुले पोहोरको भन्दा यसपाली मेलामा जलेबीको बिक्री बढेको बताए ।

    ‘पोहोर पनि राम्रै व्यापार भएको थियो, एक हप्ताको मेलामा ४० हजार मुनाफा भएको थियो, उनले भने, ‘यसपालीको मेलामा मेरै टोलबाट ५ जनाले पसल थापेका छन्।’ वीरगंजको दसैं मेलामा १५÷१६ वर्षदेखि जलेबी मिठाई बिक्री गर्दै आएका बिहारकै भरवलीया गाउँका विक्रम प्रसादले पनि यसपाली जलेबीको बिक्री राम्रै भइरहेको बताए ।

    वीरगन्जको मेलामा अहिले जलेबी मिठाइको भाउ प्रति केजी १ सय २० रुपैयाँ रहेको उनले बताए।उनले भने,’दिनको १० देखि १२ हजार जतिको बेच्छु,’ उनले भने, ‘५÷६ दिनमा ३०÷४० हजार रुपैयाँ नाफा हुन्छ।’

    दसैंको बेला वीरगन्जमा लाग्ने मेला अघिदेखि नै मिठाइको व्यापार गर्न आउन बताउने भारतको नकटुवा निवासी छेदी साहले यसपाली मेला लागेको ३ दिनमै आफूले करिब २५ हजार रुपैयाँ जतिको जलेबी बिक्री गरेको बताए।

    भोजपुरी संस्कृतिविद् उमाशंकर द्धिवेदी भन्छन्,’ जलेबी मधेसको मेलाको मुख्य आकर्षणसँगै पहिचान पनि हो। मधेसमा लाग्ने हरेक मेला र हाट बजारमा जलेबीका पसल भेटिन्छन्।मेला घुम्न आउनेले कोशेलीका रुपमा जलेबी लिएर घर फर्किन्छन्।’ANPURNAPOST

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑