चाडपर्वका बेला यात्रु ठगिने, लुटपाट हुने र चोरी हुने जस्ता क्रियाकलाप बढ्ने भएकोले वीरगञ्जमा सहायता कक्ष
वीरगंज संजाल
Sep 30, 2019, 11:23 pm
३९५०
शेयर
वीरगन्ज। चाडपर्वका बेला घर फर्कने यात्रुहरुको सजिलोका लागि वीरगञ्जमा सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका बेला यात्रु ठगिने, लुटपाट हुने र चोरी हुने जस्ता क्रियाकलाप बढ्ने भएकोले त्यसको रोकथामका लागि यात्रु सहायता कक्षा स्थापना गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा रोट्रयाक्ट कल्बले बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरेको हो ।
यात्रु सहायता कक्षमा प्रहरीको डयुटी रहने तथा यात्रुहरुले कुनै पनि गुनासो, उजुरी, यात्रा गर्दा असुरक्षित असहज भए, यातायात व्यावसायीहरुले तोकेको भन्दा बढी भाडा लिए यात्रु सहायता कक्षमा आएर उजुरी गर्न सकिने ट्राफिक हवल्दार दिनेश कुशवाहाले बताए ।