सर्लाहीमा मोटरसाइकलको ठक्करले पैदल यात्रीको मृत्यु
वीरगंज संजाल
Sep 15, 2019, 4:21 pm
३६४४
शेयर
सर्लाही। बागमती नगरपालिका सोल्टीबजार मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक व्यक्तिको मृत्यु भएको छ ।
शनिबार मध्य राति सोल्टी बजारमा नाच हेर्न आउँदै गरेका बागमती–४ जिरायत माझीटोलका स्थानीय ५० वर्षीय इन्द्रबहादुर कुश्वारलाई बा ३१ प ६८०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका थिए।घाइते कुश्वारको बरहथवास्थित संजीवनी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। चालक फरार रहेकाले खोजी भैरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ।