वीरगन्जको रानीघाटमा एक महिलालाई दहेजको लागि मरनसाय हुने गरि कुटपिट
वीरगंज संजाल
Sep 13, 2019, 10:18 am
४७१६
शेयर
वीरगन्ज । वीरगन्जको रानीघाट स्थित एउटा महिलालाई दहेजको लागि मरनसाय हुने गरि कुटपिट गरिएको छ ।
मानवताको हदपार गरि हिजो रानीघाटमा एउटा महिलालाई दहेजको लागि मरनसाय हुने गरि कुटपिट गरिएको हो ।
पिडित महिला रन्जु साह कानुलाई उनका श्रीमान गोबिन्द प्रसाद कानु र ससुरो जोखु कानु सासू लगायत मिलेर दहेजको लागि कुटपिट गरेका हुन ।
कुटपिटबाट घाईते महिला रन्जु साहको अहिले नारायणी अस्पतालमा उपचार भइरहेको छ । महिलाको हालत अहिले गम्भीर रहेको नारायणी अस्पतालमा रहेका प्रहरीले बताएका छन ।
बिवाहा भएको दस वर्ष भएता पनि उनका श्रीमान गोबिन्द प्रसाद कानु ससुरा जोखु कानु सासू लगातार दहेजको लागि कुटपिट गर्ने धेरै चोटि आगोले जलाउन प्रयास पनि गरेको पीडित महिलाका भाइ अशोक साहले जनकारी गराएका छ ।