• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    स्मार्ट पार्किङ : न यता न उता

  • वीरगंज संजाल
  • २७ भाद्र २०७६, शुक्रबार १०:०२
  • ६२९

    Shares

    काठमाडौं : मंगलबार दिउँसो काठमाडौंको न्युरोडमा रहेको स्मार्ट पार्किङमा बा. ६६ प. ४६४४ नम्बरको स्कुटर टक्क अडियो । त्यसमा सवार मिलन रेग्मी करीब २० मिनेट न्युरोडका किनमेल गरे, त्यसपछि उनी स्कुटर लिन आउँदा उनको हातमा १५ रुपैयाँको बिल थमाइयो । अनामागरका रेग्मी दैनिक ८-१० पटक न्युरोड पुग्नुपर्ने हुन्छ । तर पार्किङपिच्छे १५ रुपैयाँभन्दा बढी तिरिराख्नु पर्ने उनको बाध्यता छ ।

    स्मार्ट पार्किङ राम्रो अवधारण भएपनि पूर्वाधार विकास विना नै महंगो शुल्क तिर्नु परेकोमा उनी असन्तृष्ट छन् । उनी भन्छन् ‘कहिलेकाहीँ ५० रुपैयाँको सामान किन्न आउँदा अर्को ५० त पार्किङमै खर्च हुन्छ ।’ उनको गुनासो यतिमात्रै कहाँ हो र ? भनेको समयमा पार्किङ स्पेस नपाएर हैरानी पनि बेहोर्नुपरेको छ । यस्तै पार्किङबाट बा. ३२ प. ९७६२ नम्बरको मोटरसाइकल झिक्दै गरेका जाउलाखेलका ज्ञान गुरुङको गुनासो पनि उस्तै छ ।

    केही वर्षअघि पार्किङ गर्दा शुल्क नलाग्ने ठाउँमा एकाएक विना पूर्वाधार नाम मात्रको स्मार्ट भन्दै चर्को शुल्क लिएको उनको गुनासो छ । उनले भने–‘स्मार्ट पार्किङ त राम्रो हो, तर विना सुविधाको शुल्क भने चर्कै भयो । २५ रुपैयाँ लिनु भनेको त धेरै ठूलो कुरा हो नि । मैले आधाघण्टा राखेँ, २५ रुपैयाँ तिरेँ । पहिला शुल्कै लाग्दैनथ्यो । अहिले त एकाएक यस्तो चर्को शुल्क तिर्नुप¥र्यो ।’ उनले स्मार्टपार्किङ नाम मात्रको स्मार्ट भएको बताए । उनी भन्छन्– ‘पानी आउँदा सवारी साधन भिज्छ, घाम लाग्दा तात्छ । के को स्मार्ट भयो त ? खोई झन् यो स्मार्टको नाममा न्युरोड साँघुरिएको छ, बरु सवारी साधन प्रवेश निषेध गरे बाटोमा हिँड्नेलाई त सहज हुन्थ्यो । यस्तो अव्यवस्थित छ ।

    बाटोमा लाइन लगाएर मोटर राख्दैमा स्मार्ट हुन्छ र ?’
    महानगरमा निकाय नै छैन

    यता काठमाडौं महानगरपालिकाको कार्यालयमा भने स्मार्ट पार्किङसम्बन्धी जानकारी दिने कोही भेटिदैनन् । उल्टो एकले अर्को र अर्कोले अर्को देखाउँदै जाने प्रवृत्ति हाबी भएको देखियो । यसबारे काठमाडौं महानगरपालिका कार्यलयका सूचना अधिकारी बसन्त आचार्यसँग बुझ्न खोदा उनले उल्टै महानगर प्रमुखका सचिवालय प्रमुख महेश काफ्लेसँग बुझ्न आग्रह गरे । तर यता काफ्लेले आफ्नो विभागमा नपर्ने जवाफ दिए ।

    सुरुका दिनमा हेरेको भए तापनि अहिले आफ्नो विभागको जिम्मेवारी नरहेको प्रस्ट्याए । जिम्मेवारी हेरफेर हुँदासमेत सूचना अधिकारीले सही सूचना प्रवाह गर्न पाएका छैनन् । महानगरपालिकाका एक कर्मचारीका अनुसार व्यापक गुनासो पछि गत साउन एक गतेदेखि पार्किङ शुल्क घटाइएको छ ।

    सडक पार्किङमा इन्डोर पार्किङभन्दा बढी शुल्क लिने अन्तर्राष्ट्रिय प्रचलन रहेको सुनाउँदै उनले थपे– ‘संसारको जुनसुकै ठाउँमा पनि सडकमा पार्किङ गर्दा महलभित्र गरेकोभन्दा बढी नै लिने गरिन्छ । तर हामीकहाँ भने सडक पनि अवरोध नहोस् र सवारी चालकले सडकमा धेरैबेर पार्किङ नगरोस् भन्ने उद्देश्यले सडक पार्किङ शुल्क बढी लिने गरेको देखिन्छ । सुन्दा मामुली विषय भएपनि पार्किङबाट दैनिक लाखौं राजश्व संकलन हुने गर्छ ।

    काठमाडौं महानगरपालिकाले ह्विल्स ट्रली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडका पाँच स्थानमा असार एक गतेदेखि स्मार्ट पार्किङ सेवा सञ्चालनमा ल्याएको हो । दरवारमार्ग र न्युरोडसहित पाँच स्थानमा सञ्चालनमा ल्याइएको पार्किङ सेवामा दुई पाङग्रेको आधा घण्टा पार्किङ गर्दा १५ र १ घण्टा गर्दा २५ रुपैयाँ र चारपांग्रे सवारीको आधा घण्टाको ५० र एक घण्टाको ८० रुपैयाँ पार्किङ शुल्क लिने गरिन्छ ।

    मोवाइलबाटै बुक गर्न सकिने स्मार्ट पार्किङका लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गरी एपले पार्किङ स्पेस भए नभएको जानकारी दिएसँगै आवश्यक स्थान बुक गर्न सकिने छ । पार्किङको लागि १५ मिनेट पहिले बुक गरी समयमै पुगिसक्नु पर्छ, नत्र बुकिङ स्वतः रद्द हुन्छ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज आइतवार- ०५ बैशाख २०७८ को राशिफल
  • धनुषामा बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते
  • वीरगञ्जमा थपिए ३८ जना कोरोना संक्रमित
  • सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरण कार्यक्रम तथा दलित दबाब समुह गठन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज आइतवार- ०५ बैशाख २०७८ को राशिफल

    धनुषामा बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते

    वीरगञ्जमा थपिए ३८ जना कोरोना संक्रमित

    सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरण कार्यक्रम तथा दलित दबाब समुह गठन

    भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

    थप ८४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

    दुर्गा पुजा सेवा समिति रानिघाटको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    पर्सामा थपिए ५० बाराका ४ रौतहटका ३ जना कोरोना सङ्क्रमित पुष्टी

    आज शनिवार-०४ बैशाख २०७८ को राशिफल

    नेपाल पत्रकार महासंघ पर्साको नव निर्वाचित कार्यसमितिको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न

    आज आइतवार- ०५ बैशाख २०७८ को राशिफल

    धनुषामा बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते

    वीरगञ्जमा थपिए ३८ जना कोरोना संक्रमित

    सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरण कार्यक्रम तथा दलित दबाब समुह गठन

    भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    आज आइतवार- ०५ बैशाख २०७८ को राशिफल

    News

    धनुषामा बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते

    News

    वीरगञ्जमा थपिए ३८ जना कोरोना संक्रमित

    News

    सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरण कार्यक्रम तथा दलित दबाब समुह गठन

    News

    भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑