• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    Birgunj sanjalमेयर पदका उम्मेदवारहरूBirgunj sanjalपार्टी चुनाव चिन्हकुल मत
    राजेशमान सिंहछाता 33919
    विजयकुमार सरावगीसुर्य 17808
    गिरीश गिरीहलो 2389

    Birgunj sanjalउपप्रमुख पदका उम्मेदवारहरूBirgunj sanjalचुनाव चिन्हकुल मत
    इम्तियाज आलमगाछी20784
    पुरुषोतमलाल झासाइकल 4792
    बिना जैसबालहलो3699
    रम्‍भा मिश्रागुलाफ 2752

    थप विवरण

    होमपेज / Breaking News

    प्रदेश २ पनि डेंगुको चपेटामा : एकको मृत्यु, ७३ सङ्क्रमित

  • वीरगंज संजाल
  • २६ भाद्र २०७६, बिहीबार १७:३४
  • २००९

    जनकपुर : प्रदेश नं २ मा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना सङ्क्रमित (प्रभावित) भएका छन् ।

    सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेङ्गुको सङ्क्रमणबाट मृत्य भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

    प्रदेशका महोत्तरीसहितका आठ जिल्लामा आज बिहीबार बिहानसम्म ७३ जनामा डेङ्गु सङ्क्रमण भेटिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए।

    प्रदेशमा सबैभन्दा बढी बारा र पर्सामा गरी ३९ मा डेङ्गु सङ्क्रण भेटिएको निर्देशनालयले जनाएको छ । त्यसैगरी सिरहामा १५, रौतहट र सप्तरीमा सात÷सात, महोत्तरीमा तीन र धनुषामा एक जनामा डेङ्गु सङ्क्रमण फेला परेको वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताए ।

    हिजो बुधबार बिहानसम्म १६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो भने दिउँसो सो सङ्ख्या २५ र अबेर रातिसम्म ७३ पुगेको हो । प्रदेशका सबै जिल्लामा डेङ्गुविरुद्ध सचेतना र विशेष सरसफाइ कार्यक्रम चलाइएका छन् । सङ्क्रमित सबैको पायक पर्ने अस्पतालमा उपचार भइरहेको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।

    महोत्तरीको सुदूरउत्तरी क्षेत्रमा डेङ्गु भेटिएको छ । अहिलेसम्म बर्दिवास र यसैसँग सीमा जोडिएको औरही नगरपालिकामा डेङ्गुको सङ्क्रमण तीन जनामा भेटिएको हो । दुई वर्ष पहिले २०७४ को हिउँदमा महोत्तरीको बर्दिवास क्षेत्रमा डेङ्गु आतङ्क नै छाएको थियो । त्यतिखेर बर्दिवास र आसपासका क्षेत्रमा गरी ७०० भन्दा बढी डेङ्गु प्रभावित भएका थिए ।

    यसैबीच बर्दिवास नगरपालिकाले डेङ्गुविरुद्ध सचेतना र सरसफाइ कार्यक्रम सँगसँगै सुरु गरेको छ । नगरपालिकाले आफ्नै स्वास्थ्य शाखाको संयोजनमा नगरभित्रका सबै स्वास्थ्य संस्था र सामाजिक सङ्घसंस्थालाई अभियानमा परिचालन गरिएको नगरप्रमुख विदुरकुमार कार्कीले जानकारी दिए । बर्दिवास नगरपालिकाले वडा नं १ का अध्यक्ष चुडामणि पोखरेलको संयोजकत्वमा सरसफाइ अभियान समिति नै गठन गरेर काम थालेको जनाएको छ ।

    डेङ्गु सार्ने लामखुट्टेले घरप्रयोजनका गिलास, बटुकाजस्ता साना भाँडामा राखिएका पानीमा पनि पूmल पार्ने र वरपरका झाडीमा फैलनसक्ने भएकाले घरप्रयोजनको पानी राम्ररी छोप्न र वरपर सफा राख्न बर्दिवास अस्पतालका चिकित्सकले अपिल गरेका छन् । घर वरपर पानी जम्न नदिन र झारपात सफा राख्न सबैको तत्परता आवश्यक भएको अस्पतालले जनाएको छ ।

    त्यसैगरी टायर, ट्युबका भित्री कापमा यो लामखुट्टेले फुल पार्ने र लार्भा हुर्कने भएकाले यत्रतत्र फालिएका टायर, ट्युव निश्चित ठाउँमा नष्ट गर्नुपर्ने बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विधानचन्द्र झाले बताए । (रासस)

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दुई उपमहानगरमा स्वतन्त्र उम्मेदवारको बाजी
  • पालिकाको नेतृत्व सम्हालेसँगै अध्यक्ष तिमल्सिनाले गरे टेन्डर खारेज
  • भरतपुरमा रेनुलाई ८ हजार ४९४ मतको अग्रता
  • एमालेले गण्डकीमा रोक्यो कांग्रेसलाई बराबरीमा
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      दुई उपमहानगरमा स्वतन्त्र उम्मेदवारको बाजी

      पालिकाको नेतृत्व सम्हालेसँगै अध्यक्ष तिमल्सिनाले गरे टेन्डर खारेज

      भरतपुरमा रेनुलाई ८ हजार ४९४ मतको अग्रता

      एमालेले गण्डकीमा रोक्यो कांग्रेसलाई बराबरीमा

      मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना नियन्त्रणमा

      विमान दुर्घटनामा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु

      बाराको देवताल गाउँपालिकामा उदय प्रसाद यादव अध्यक्षमा विजयी

      सिरहामा बाबु–छोराको धारीलो हतियार प्रहार गरी हत्या, घटना संकास्पद

      जनकपुरधाम मतगणनाको परिणाम

      ७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?

      दुई उपमहानगरमा स्वतन्त्र उम्मेदवारको बाजी

      पालिकाको नेतृत्व सम्हालेसँगै अध्यक्ष तिमल्सिनाले गरे टेन्डर खारेज

      भरतपुरमा रेनुलाई ८ हजार ४९४ मतको अग्रता

      एमालेले गण्डकीमा रोक्यो कांग्रेसलाई बराबरीमा

      मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना नियन्त्रणमा

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      दुई उपमहानगरमा स्वतन्त्र उम्मेदवारको बाजी

      News

      पालिकाको नेतृत्व सम्हालेसँगै अध्यक्ष तिमल्सिनाले गरे टेन्डर खारेज

      News

      भरतपुरमा रेनुलाई ८ हजार ४९४ मतको अग्रता

      News

      एमालेले गण्डकीमा रोक्यो कांग्रेसलाई बराबरीमा

      News

      मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना नियन्त्रणमा


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑