• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    बाराको एक उद्योगको तीनवटा कन्टेनर समातियो, समातिए पछि कर्मचारीलाई जोगाउदै भन्सार विभाग

  • वीरगंज संजाल
  • २६ भाद्र २०७६, बिहीबार ०९:४३
  • ५९९

    Shares

    वीरगञ्ज। झूटो विवरण पेश गरेर तेस्रो मुलुक निकासी गर्न लागिएको छाला फिर्ता ल्याउन भन्सार विभागले आनाकानी गरेको छ । वीरगञ्जको सुक्खा बन्दरगाह भन्सारबाट जाँचपास भएर भारतको कोलकाता बन्दरगाहमा समातिएको छाला विभागले फिर्ता ल्याउन नचाहेको हो । बाराको होङ हुई टेनरिज प्रालिले क्रस्ट लेदर (प्रशोधित छाला) भनेर इन्डोनेसिया निकासी गर्न लागेको तीन कन्टेनर छाला करीब ३ महीनादेखि कोलकातामा रोकिएको छ । कोलकाता बन्दरगाह भन्सारले परीक्षण गराउँदा ‘र स्किन प्रोडक्ट’ (कच्चा छाला) प्रमाणित भएपछि भारतीय पक्षले नेपालका निकायलाई यसबारे जानकारी गराएको थियो ।

    २१ जुनमा सुक्खा बन्दरगाह भन्सारमा पेश भएको कस्टम ट्रान्जिट डिक्लियरेन्स (सीटीडी) मा क्रस्ट लेदर उल्लेख गरेर पठाउन लागिएको छाला घोषणाभन्दा फरक फेला परेको हो । छाला फिर्ता ल्याउने कि जफत गर्ने भन्नेबारेमा वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतावासले भन्सार विभागलाई पत्राचार गरिसकेको छ । तर, पत्राचारको १ महीना पुगिसक्न लाग्दा पनि विभागले निर्णय दिन चाहेको छैन ।

    भन्सारबाट जाँचपास भएर गएको छाला फिर्ता ल्याउँदा भन्सारका कर्मचारी अप्ठ्यारोमा पर्न सक्ने भन्दै भन्सार विभाग पन्छिने प्रयास गरिरहेको हो । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठ छाला भारतमा बरामद भएकाले भारतीय कानूनअनुसार उतै कारबाही हुनुपर्ने तर्क गर्छन् । ‘जुन देशमा समातिएको हो, त्यहीँको कानून अनुसार कारबाही गरे त भइहाल्यो नि,’ भन्सार अधिकृत श्रेष्ठले भने ।

    भारतीय अधिकारीहरू भने नेपालबाट तेस्रो मुलुक निकासी हुन लागेको वस्तुमा आफ्नो देशको कानून आकर्षित नहुने दाबी गर्छन् । ‘यो द्विपक्षीय व्यापारको विषय होइन । भारतमा निकासी भएको वस्तुमा मात्रै भारतीय कानून अनुसार कारबाही गर्न मिल्छ,’ एक भारतीय उच्च अधिकारीले भने । भारतले ट्रान्जिट मात्रै दिएकाले अवैध छाला निकासीबारे नेपालको भन्सार विभागले कारबाही अघि बढाउनुपर्ने ती अधिकारीको तर्क छ । भारतले अनधिकृत व्यापार नियन्त्रण सम्बन्धी नेपाल र भारतबीचको सम्झौता अनुसार छाला रोेकेर पत्राचार गरेको बताइएको छ ।

    सम्झौताको धारा २ मा कुनै पनि देशको निमय कानून उल्लंघनको रोकथाममा प्रभावकारी सहयोग, परामर्श, सोधपुछ र जानकारी आदानप्रदान गर्ने उल्लेख छ ।

    यो नेपाल–भारत दुई देशबीचको विषय भएकाले निर्णयका लागि माथिल्लो निकाय (भन्सार विभाग) मा जानकारी पठाइएको पनि श्रेष्ठले बताए । ‘हामीले गरेको जाँचपासको निर्णय आफैंले उल्ट्याउन मिल्दैन । त्यसैले पनि विभागमा पठाइएको हो । उतैबाट केही निर्णय होला,’ उनले उल्लेख गरे ।
    यसबारेमा सोध्दा विभागका प्रवक्ता शिशिर घिमिरे आफूलाई विस्तृत जानकारी नभएको भन्दै पन्छिए । ‘मैले पनि मिडियामा समाचार हेरेर थाहा पाएको हुँ । मेरो शाखामा यसको जानकारी आएको छैन,’ प्रवक्ता घिमिरेले भने ।

    भारतमै कारबाही टुंगिए आफ्ना कर्मचारीलाई कारबाहीबाट जोगाउन सहज हुने भएपछि भन्सार विभागले आलटाल गरिरहेको स्रोतको दाबी छ । तर, भारतीय पक्षले भन्सार विभागको लिखित आग्रह पर्खिएको बताएको छ ।

    बन्दरगाह भन्सारमा पेश भएको सीटीडीमा अधिकृत बिरु मास्केको हस्ताक्षर छ । यसमा जाँचकी पनि संलग्न छन् । छाला निकासीका नाममा अवैध व्यापार हुन थालेपछि भन्सार विभागले छालालाई ‘रेड च्यानल’मा राखेको छ ।

    उद्योगले पठाएको ९७ हजार ५०० वर्गफीट (५९ हजार ३९० मेट्रिक टन) छाला नियन्त्रणमा लिएर कोलकाता भन्सारले सेन्ट्रल लेदर रिसर्च इन्स्टिच्युटमा परीक्षण गराएको थियो । उद्योगले वेट ब्लु ( अर्धप्रशोधित) क्रस्ट, तयारी छाला र त्यसको बाइप्रडक्ट उत्पादनको अनुमति लिएको छ ।

    २०७५ जेठमा वीरगञ्ज भन्सारबाट छाला भनेर जाँचपास भएको ट्रकमा मरीच भेटिएपछि यसमा कडाइ गरिएको हो । यस्ता वस्तुको आयातनिर्यातमा कागजात र वस्तु राम्ररी हेरेर मात्रै जाँचपास गर्नुपर्छ ।

    भन्सार ऐन २०६४ को दफा ५७ (८) मा निकासीकर्ताले मालबस्तुको विवरण फरक पारी घोषणा गरेमा त्यस्तो मालबस्तु जफत गरी भन्सार अधिकृतले त्यस्तो निकासीकर्तालाई बिगो बमोजिम जरीवाना गर्नसक्ने व्यवस्था छ । उपदफा १० मा महसुल वा राजस्वमा हानिनोक्सानी पुर्‍याएमा वा प्रयास गरेमा त्यो रकमको २ सय प्रतिशतसम्म जरीवाना वा ६ महीनादेखि १ वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ ।

    जाँचपास गर्ने कर्मचारीलाई जिम्मेवार बनाउने सन्दर्भमा कानूनी व्यवस्था फितलो छ । विभागीय अधिकारीले छानविन गर्दा कर्मचारीको ‘बदनियत’ देखिए कारबाही हुने प्रावधान राखिएको छ । तर, कर्मचारीको बदनियत हो कि होइन भन्नेमा अनुसन्धानकर्ताको स्वविवेक बढी चल्ने हुँदा यस्ता प्रकरणमा कर्मचारीले प्रायः उन्मुक्ति पाउने भएकाले अवैध व्यापार नियन्त्रणमा कर्मचारी गैरजिम्मेवार बन्ने गरेको भन्सार विभागका अधिकारीहरू नै बताउँछन् ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जाडोमा बढ्छ कोलेस्ट्रोल, कसरी रहने सुरक्षित ?
  • यी गुण थाहा पाएपछि तपाईंले कसरी भुल्नुहोला ज्वानो ?
  • खाली पेटमा खानुस् कालो अंगुर, यी ६ रोग हुन्छन् दूर
  • जाडोमा प्यास कम लाग्छ तर पानी नपिउँदा हुन्छन् यस्ता हानि !
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जाडोमा बढ्छ कोलेस्ट्रोल, कसरी रहने सुरक्षित ?

    यी गुण थाहा पाएपछि तपाईंले कसरी भुल्नुहोला ज्वानो ?

    खाली पेटमा खानुस् कालो अंगुर, यी ६ रोग हुन्छन् दूर

    जाडोमा प्यास कम लाग्छ तर पानी नपिउँदा हुन्छन् यस्ता हानि !

    राईनो युवा कल्ब द्वारा सरसफाइ तथा बृछारोपन कार्यक्रम सम्पन्न

    नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई खोप लगाएर खोप अभियान सुरु।

    दिनदिनै गाजर र पालुंगोको रस एक गिलास पिउनुस्, आँखाको तेज बढ्छ

    सन् २०२०ः विपद्जन्य घटनाबाट पाँच हजारको मृत्यु

    यातायात कार्यालयमा अख्तियारको ६ घण्टे स्टिङ अपरेसन : पौने तीन लाखसहित दुई जना पक्राउ

    आज – १४ माघ २०७७ बुधवार को राशिफल

    जाडोमा बढ्छ कोलेस्ट्रोल, कसरी रहने सुरक्षित ?

    यी गुण थाहा पाएपछि तपाईंले कसरी भुल्नुहोला ज्वानो ?

    खाली पेटमा खानुस् कालो अंगुर, यी ६ रोग हुन्छन् दूर

    जाडोमा प्यास कम लाग्छ तर पानी नपिउँदा हुन्छन् यस्ता हानि !

    राईनो युवा कल्ब द्वारा सरसफाइ तथा बृछारोपन कार्यक्रम सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    जाडोमा बढ्छ कोलेस्ट्रोल, कसरी रहने सुरक्षित ?

    समाचार
    News

    जाडोमा बढ्छ कोलेस्ट्रोल, कसरी रहने सुरक्षित ?

    News

    यी गुण थाहा पाएपछि तपाईंले कसरी भुल्नुहोला ज्वानो ?

    News

    खाली पेटमा खानुस् कालो अंगुर, यी ६ रोग हुन्छन् दूर

    News

    जाडोमा प्यास कम लाग्छ तर पानी नपिउँदा हुन्छन् यस्ता हानि !

    News

    राईनो युवा कल्ब द्वारा सरसफाइ तथा बृछारोपन कार्यक्रम सम्पन्न


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑