• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / जीवनशैली

    के कारणले हुन्छ मानिसको सबैभन्दा बढी मृत्यु ?

  • वीरगंज संजाल
  • १५ भाद्र २०७६, आईतवार ०२:००
  • २१३७

    बीबीसी । केही दशक अघिको तुलनामा मानिसहरु अहिले धेरै समय बाँचिरहेका छन् । सन् १९५० मा मात्र विश्वव्यापी औसत आयु ४६ वर्ष थियो भने २०१५ मा ७१ भन्दा माथि पुगिसकेको छ । केही राष्ट्रहरुमा रोग, माहामारी र अप्रत्याशित घटनाका कारण सो नतिजा प्राप्त गर्न सहज थिएन । तर पनि आतङ्क, युद्ध, प्राकृतिक प्रकोप जस्ता कारणले विश्वका केबल ०.५ प्रतिशत मानिसले मात्र ज्यान गुमाएका छन् ।

    यसरी रोकथाम गर्न सकिने कारकहरु नै अधिकांश मृत्युको कारण बन्ने गरेको पाइएको छ । विशेषगरी युवाहरुको असामयिक मृत्यु पछाडिका कारणहरु समयसँगै परिवर्तन भइरहेको पाइएको हो ।

    २०१७ मा मात्र विश्वभरबाट ५ करोड ६० लाख मानिसको मृत्यु भएको तथ्याङ्क रहेको छ जुन १९९० भन्दा १ करोड धेरै हो ।

    यसरी विश्वव्यापी जनसङ्ख्या वृद्धि हुने क्रममा मानिसहरुको औसत आयु बढिरहेको छ तापनि ७० प्रतिशत मानिसहरु रोकथाम गर्न सकिने गैर–संक्रमक र दिर्घकालीन रोगका कारण मृत्यु हुने गरेको पाइएको छ । यी रोगहरु एक व्यक्तिबाट अर्कोमा सर्दैन र विस्तारै गति लिने गर्दछ । यसरी विशेषगरी मुटु सम्बन्धी रोगले विश्वमै सबैभन्दा बढी मानिसको ज्यान लिने गरेको पाइएको छ । विश्वमा ३२.३ प्रतिशत मृत्युको कारण मुटु सम्बन्धी रोग रहेको छ, अर्थात यसले तीन मध्ये एकको ज्यान लिइरहेको छ ।

    यसपछिको दोस्रो ठूलो कारण क्यान्सर हो । क्यान्सरले विश्वभर १६.३ प्रतिशतको ज्यान लिने गरेको २०१६ को तथ्याङ्कले देखाएको छ । यसपछि मधुमेह, स्वास प्रस्वास, मानसिक बिमारी लगायतका गैर–संक्रमक रोगहरु पनि मृत्युको प्रमुख कारण रहँदै आएका छन् ।

    तर अहिलेको प्राविधिक युगमा समेत रोकथाम गर्न सकिने साधारण रोगकले धेरै मानिसको ज्यान लिने गरेकामा वैज्ञानिकहरुले आश्चर्य जनाएका छन् ।

    जस्तै २०१७ मा १६ लाख मानिसको झाडापखालासँग सम्बन्धित कारणले मृत्यु भएको थियो । केही देशहरुमा यस्तै रोकथाम गर्न सकिने सामान्य बिमारी नै खतरनाक साबित हुने गरेको छ ।

    त्यसैगरी २०१७ मा जन्मेको २८ दिन भित्र मृत्यु हुने शिशुको सङ्ख्या पनि १८ लाख पुगेको हो । तर देशहरु यसबाट छुट्टाछुट्टै किसिमले प्रभावित छन् । जस्तै विश्वका अति गरिब देशमध्ये एकको तुलनामा पनि जापानमा १ हजार भन्दा कम शिशुको मृत्यु हुने गरेको छ ।
    तर सडक दुर्घटनाका कारण हुने मृत्युको सङ्ख्या भने धनी गरिब सबै देशमा उत्तिकै रहेको पाइएको छ जसले २०१७ मा १२ लाख मानिसको ज्यान लिएको छ ।

    यसरी केही दशक अघिदेखि उच्च आयदर भएका राष्ट्र सडक दुर्घटनालाई केही कम गर्न सफल भएपनि विश्वव्यापी रुपमा यसको दरमा कुनै ठूलो बदलाव देखिएको छैन । त्यसैगरी हत्याबाट भन्दा दुई गुना मानिसहरु आत्महत्याका कारण मर्ने गरेको पनि पाइएको छ ।  यसरी देशमा विकासको गति बढेसँगै मृत्युका प्रमुख कारणहरु पनि परिवर्तन हुने गरेका छन् । विगतमा संक्रमक रोगले आजको तुलनामा ठूलो भूमिका निर्वाह गर्ने गर्दथ्यो ।

    जस्तै १९९० मा तीन मध्ये एक व्यक्तिको मृत्यु संक्रमक रोगका कारण हुने गर्दथ्यो भने २०१७ मा पाँच मध्ये एक पुगेको छ ।  विशेषगरी बालबालिकाहरु संक्रमक रोगबाट बढी संवेदनशील हुन्छन् । यस्तोमा १९ औँ शताब्दी सम्म पनि विश्वका प्रत्येक तीन बालकको पाँच वर्ष अगावै मृत्यु हुने गरेको थियो ।
    तर चिकित्सा क्षेत्रको विकाससँगै निर्माण भएका खोप, सरसफाइमा सुधार, पर्याप्त पोषणयुक्त खानेकुरा, स्वास्थ्य सेवा र सफा खानेपानीको पहुँचले शिशु मृत्यु दरलाई धेरै कम गराइसकेको छ ।

    धनी देशहरुमा शिशु मृत्यु दरलाई दुर्लभ मान्न थालिएको छ भने अविकसित क्षेत्रहरुमा पनि थोरै तर लगातार सुधार भइरहेको छ । तर यता वृद्धहरुमा गैर–संक्रमक रोगको दर भने धेरै बढिसकेको छ जसलाई चिन्ताजनक मानिएको हो ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चोरी भएको बस महोत्तरीमा फेला , सवारी धनीलाई बुझाइयो
  • जनावरको आयु भन्दा मानिसको आयु लामो हुन्छ किन ? वैज्ञानिकहरूले गरे यस्तो खुलासा
  • पहिलोपटक निजी मिसनमा अन्तरिक्ष उडान
  • नासाले पहिलोपटक पृथ्वीतर्फ आउन सक्ने खतरनाक क्षुद्रग्रहको दिशा मोड्दै
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      चिनियाँ नाकाको सकस

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो

      नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम

      बालेनको काँधमा काठमाडौं

      साउदीमा आफ्नै फाइदाको लागि काम गर्न नपाइने

      राष्ट्रपति भण्डारीद्वारा ८ सय ३४ कैदीको सजाय मिनाहा

      भारत सरकारले बढायो २० प्रतिशत तेश्रो पक्ष मोटर बीमा शुल्क

      ‘थुप्रै छन् बेनामे हिमाल’

      एक वर्षमै ५० प्रतिशत सवारी भाडा वृद्धि

      चिनियाँ नाकाको सकस

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो

      नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम

      बालेनको काँधमा काठमाडौं

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      चिनियाँ नाकाको सकस

      News

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      News

      आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो

      News

      नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम

      News

      बालेनको काँधमा काठमाडौं


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑