जब प्रतिघण्टा २८० किलोमिटरको गतिमा गुडिरहेको रेलको ढोका खुल्यो
वीरगंज संजाल
६ भाद्र २०७६, शुक्रबार ०१:५६
३८८१
बुधबार जापानमा प्रतिघण्टा २८० किलोमिटरको गतिमा गुडिरहेको एउटा रेलको ढोका आकस्मिक खुलेको छ । रेलमा तीन सय ४० जना यात्रु सवार थिए ।
ढाेका नजिक कोही यात्रु नरहेकाले आकस्कि ढोका खुल्दा यात्रुहरु सुरक्षित रहे ।
तीव्र गतिमा रहेको रेलको ढोका खुलेपछि आपत्कालीन रुपमा रोकिएको थियो । उक्त रेल एउटा सुरुङभित्र १५ मिनेट रोकिएको थियो ।
रेल सफा गर्ने कर्मचारीले रेलको ढोका हातैले खोल्न सकिने एउटा उपकरण बन्द गर्न बिर्सिएका कारण यस्तो घटना भएको द इस्ट जापान रेल वे कम्पनीले बताएको बीबीसीले उल्लेख गरेको छ ।
समाचारमा जनाइए अनुसार रेलको ढोका खुलेपछि चार किलोमिटरसम्म रेल गुडेको थियो । यहीबीचमा रेलको गति घटाइएको थियो ।