Krishna Shrivastav
१९ वर्षकै उमेरमा नायब सुब्बा बने ब्राइट पब्लिक स्कुलका विद्यार्थी विजय रौनियार
Krishna Shrivastav

वीरगञ्ज । पर्सा जिल्लाको धोबिनी गाउँपालिका–१ निवासी विजय शाह रौनियारले १९ वर्षकै उमेरमा नायब सुब्बा पदमा नियुक्ति पाउने अद्वितीय सफलता हासिल गरेका छन् । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै रौनियारले लोकसेवा आयोगद्वारा आयोजित प्रतिस्पर्धात्मक परीक्षामा पहिलो प्रयासमै नाम निकाल्दै जिल्ला समन्वय समिति कार्यालय सिन्धुपाल्चोकमा सिफारिस हुन सफल भएका हुन् । रौनियारको उपलब्धि मधेसका लागि मात्र नभई सम्पूर्ण देशका युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ । सरकारी सेवामा सफलतापूर्वक प्रवेश गर्दै उनले प्रतिस्पर्धात्मक परीक्षाहरूमा निरन्तर मेहनत र दृढ इच्छाशक्ति भए कुनै पनि लक्ष्य हासिल गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।