Krishna Shrivastav
सवारी ज्यान मुद्दामा १६ वर्षदेखि फरार दुई आरोपित वीरगञ्जबाट पक्राउ
Krishna Shrivastav

वीरगञ्ज । पर्सा प्रहरीले झन्डै १६ वर्षदेखि फरार रहेका सवारी ज्यान मुद्दाका दुई आरोपितहरूलाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट पर्सा प्रहरीले छठु साह तेली र चन्दु राउत कुर्मीलाई पक्राउ गरेको हो। २०६४ सालको जनवरी १४ गते छठु साह तेलीद्वारा चलाइएका ना. १ ह ९०७ नम्बरको ट्याम्पोले राजेन्द्र साह सोनारलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो। दुर्घटनापछि छठु साह तेली घटनास्थलबाट फरार भएका थिए। उनलाई पर्सा प्रहरीले माघ २७ गते वीरगञ्ज महानगरपालिका – १७ बाट पक्राउ गरेको हो। उनलाई सवारी ज्यानको आरोपमा ७ दिनको म्याद अनुमति प्राप्त गरी थप