• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    झन्डै १३ लाखसहित पक्राउ परेका तिन जनाको सम्बन्धी सूचना लुकाउँदै बारा प्रहरी

  • वीरगंज संजाल
  • २८ माघ २०८१, सोमबार ११:०३
  • ९४१

    वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको झन्डै १३ लाख रुपैयाँ भन्दा बाढी रकमसहित पक्राउ गरेको तीन जनाको सम्बन्धमा औपचारिक जानकारी दिन आनाकानी गरिरहेको छ ।

    यात्रा डेलीलाई प्राप्त सूचना अनुसार, स्रोत नखुलेको रकमसहित बारा प्रहरीले एक जना भारतीय नागरिकसहित पहिचान नखुलेको अन्य दुई जनालाई नियन्त्रणमा लिएको छ । यद्यपि यस विषयमा प्रहरीले आधिकारिक सूचना जारी गर्न आनाकानी गर्नुका साथै ढिलाइ पनि गरिरहेको छ ।

    स्रोतका अनुसार बारा प्रहरीले आइतबार बिहान चितवनको नारायणघाटबाट वीरगञ्जतर्फ आइरहेको ना ५ ख ६५४४ नम्बरको बसबाट विशेष सूचनाका आधारमा एक जना भारतीयसहित अन्य दुई जनालाई स्रोत नखुलेको १३ लाख रुपैयाँ भन्दा बढी रकमसहित नियन्त्रणमा लिएको थियो ।

    पक्राउ परेकाहरूबाट १० लाख १७ हजार ५०० नेपाली रुपैयाँ र १ लाख ४७ हजार ५०० भारतीय रुपैयाँ बरामद गरिएको स्रोतको दाबी छ । पक्राउ परेका भारतीय नागरिकको ५० वर्षीय उजिर मियाँको रूपमा पहिचान खुलेको छ । तर अन्य दुई व्यक्तिको परिचय अझै सार्वजनिक गरिएको छैन ।

    प्रहरीले किन सूचना लुकाउँदै छ?

    घटनाको गम्भीरता हेर्दा प्रहरीले तुरुन्तै आधिकारिक जानकारी दिनुपर्ने भए पनि अहिलेसम्म कुनै प्रेस विज्ञप्ति जारी गरिएको छैन । प्रहरी प्रशासनले किन यो विषयमा मौनता साधेको हो भन्ने प्रश्न उठ्न थालेको छ ।

    बाराका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश सापकोटालाई आइतबार नै यस विषयमा फोन मार्फत सम्पर्क गरेर बुझ्दा उनले प्रेस विज्ञप्ति मार्फत जानकारी गराइने बताए । तर, अपराधीहरू पक्राउ परेको झन्डै एक दिन बितिसक्दा पनि प्रहरीले कुनै औपचारिक सूचना सार्वजनिक गरेको छैन ।

    प्रेस विज्ञप्ति सार्वजनिक गर्न किन ढिलाइ?

    यसबिच, बारा प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरिएको विषयमा प्रेस विज्ञप्ति जारी गरेको छ । यति मात्र होइन, साना-साना बरामद घटनाहरूमा समेत तुरुन्तै प्रेस विज्ञप्ति दिने बाराको प्रहरी प्रशासनले स्रोत नखुलेको ठूलो रकम फेला परेको घटनामा चुप्पी साध्नु गम्भीर प्रश्न उठ्ने विषय भएको छ ।

    अपराधीलाई जोगाउन सूचना लुकाइएको आशङ्का

    सञ्चारकर्मीहरूको वृत्तमा प्रहरी प्रशासनले अपराधीहरूलाई जोगाउन सूचना लुकाउने प्रयास गरेको हुन सक्ने चर्चा हुन थालेको छ । पक्राउ परेकाहरूको पहिचान सार्वजनिक नगर्नु, प्रेस विज्ञप्ति जारी नगर्नु, र घटनालाई दबाउने प्रयास गर्नुले प्रहरी प्रशासनकै संलग्नतासम्बन्धी शङ्का पैदा गराएको छ ।

    अब प्रहरी प्रशासनले यस घटनामा पारदर्शिता अपनाउनेछ कि लुकाउने रणनीति नै अख्तियार गर्नेछ भन्ने हेर्न बाँकी छ । यदि प्रहरी निष्पक्ष हो भने, उसले तत्कालै पक्राउ परेकाहरूको पहिचान सार्वजनिक गर्नुका साथै घटनाबारे स्पष्ट जानकारी दिनुपर्ने हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑