• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    झन्डै १३ लाखसहित पक्राउ परेका तिन जनाको सम्बन्धी सूचना लुकाउँदै बारा प्रहरी

  • वीरगंज संजाल
  • २८ माघ २०८१, सोमबार ११:०३
  • १९४५

    वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको झन्डै १३ लाख रुपैयाँ भन्दा बाढी रकमसहित पक्राउ गरेको तीन जनाको सम्बन्धमा औपचारिक जानकारी दिन आनाकानी गरिरहेको छ ।

    यात्रा डेलीलाई प्राप्त सूचना अनुसार, स्रोत नखुलेको रकमसहित बारा प्रहरीले एक जना भारतीय नागरिकसहित पहिचान नखुलेको अन्य दुई जनालाई नियन्त्रणमा लिएको छ । यद्यपि यस विषयमा प्रहरीले आधिकारिक सूचना जारी गर्न आनाकानी गर्नुका साथै ढिलाइ पनि गरिरहेको छ ।

    स्रोतका अनुसार बारा प्रहरीले आइतबार बिहान चितवनको नारायणघाटबाट वीरगञ्जतर्फ आइरहेको ना ५ ख ६५४४ नम्बरको बसबाट विशेष सूचनाका आधारमा एक जना भारतीयसहित अन्य दुई जनालाई स्रोत नखुलेको १३ लाख रुपैयाँ भन्दा बढी रकमसहित नियन्त्रणमा लिएको थियो ।

    पक्राउ परेकाहरूबाट १० लाख १७ हजार ५०० नेपाली रुपैयाँ र १ लाख ४७ हजार ५०० भारतीय रुपैयाँ बरामद गरिएको स्रोतको दाबी छ । पक्राउ परेका भारतीय नागरिकको ५० वर्षीय उजिर मियाँको रूपमा पहिचान खुलेको छ । तर अन्य दुई व्यक्तिको परिचय अझै सार्वजनिक गरिएको छैन ।

    प्रहरीले किन सूचना लुकाउँदै छ?

    घटनाको गम्भीरता हेर्दा प्रहरीले तुरुन्तै आधिकारिक जानकारी दिनुपर्ने भए पनि अहिलेसम्म कुनै प्रेस विज्ञप्ति जारी गरिएको छैन । प्रहरी प्रशासनले किन यो विषयमा मौनता साधेको हो भन्ने प्रश्न उठ्न थालेको छ ।

    बाराका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश सापकोटालाई आइतबार नै यस विषयमा फोन मार्फत सम्पर्क गरेर बुझ्दा उनले प्रेस विज्ञप्ति मार्फत जानकारी गराइने बताए । तर, अपराधीहरू पक्राउ परेको झन्डै एक दिन बितिसक्दा पनि प्रहरीले कुनै औपचारिक सूचना सार्वजनिक गरेको छैन ।

    प्रेस विज्ञप्ति सार्वजनिक गर्न किन ढिलाइ?

    यसबिच, बारा प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरिएको विषयमा प्रेस विज्ञप्ति जारी गरेको छ । यति मात्र होइन, साना-साना बरामद घटनाहरूमा समेत तुरुन्तै प्रेस विज्ञप्ति दिने बाराको प्रहरी प्रशासनले स्रोत नखुलेको ठूलो रकम फेला परेको घटनामा चुप्पी साध्नु गम्भीर प्रश्न उठ्ने विषय भएको छ ।

    अपराधीलाई जोगाउन सूचना लुकाइएको आशङ्का

    सञ्चारकर्मीहरूको वृत्तमा प्रहरी प्रशासनले अपराधीहरूलाई जोगाउन सूचना लुकाउने प्रयास गरेको हुन सक्ने चर्चा हुन थालेको छ । पक्राउ परेकाहरूको पहिचान सार्वजनिक नगर्नु, प्रेस विज्ञप्ति जारी नगर्नु, र घटनालाई दबाउने प्रयास गर्नुले प्रहरी प्रशासनकै संलग्नतासम्बन्धी शङ्का पैदा गराएको छ ।

    अब प्रहरी प्रशासनले यस घटनामा पारदर्शिता अपनाउनेछ कि लुकाउने रणनीति नै अख्तियार गर्नेछ भन्ने हेर्न बाँकी छ । यदि प्रहरी निष्पक्ष हो भने, उसले तत्कालै पक्राउ परेकाहरूको पहिचान सार्वजनिक गर्नुका साथै घटनाबारे स्पष्ट जानकारी दिनुपर्ने हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपालमा गैर कानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ
  • आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता
  • २५ खेलाडीलाई नगद र खेल सामग्रीसहित सम्मान
  • बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपालमा गैर कानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ

    आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता

    २५ खेलाडीलाई नगद र खेल सामग्रीसहित सम्मान

    बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा

    नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना, स्वास्थ्यकर्मीलाई क्षमता विकास तालिम

    दाइजोका कारण पाँच महिनाअघि विवाह भएकी खुशबुन खातुनको हत्या भएको आरोप, पीडित परिवारद्वारा निष्पक्ष छानबिनको माग

    विश्व योग दिवसमा आईसीपी रक्सौलमा भव्य योग शिविर, सयौंको सहभागिता

    नियमविपरीत कार्य गरेको गुनासो

    प्याब्सन पर्साद्वारा एसईई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने ४० विद्यार्थीलाई सम्मान

    सातौँ भन्सार सुधार योजना प्रभावकारी कार्यान्वयनमा जोड, सेवा सहजीकरण र डिजिटल प्रणाली विस्तारको माग

    नेपालमा गैर कानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ

    आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता

    २५ खेलाडीलाई नगद र खेल सामग्रीसहित सम्मान

    बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा

    नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना, स्वास्थ्यकर्मीलाई क्षमता विकास तालिम

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेपालमा गैर कानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ

    News

    आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता

    News

    २५ खेलाडीलाई नगद र खेल सामग्रीसहित सम्मान

    News

    बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा

    News

    नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना, स्वास्थ्यकर्मीलाई क्षमता विकास तालिम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑