• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना, स्वास्थ्यकर्मीलाई क्षमता विकास तालिम

  • वीरगंज संजाल
  • ७ असार २०८३, आईतवार २१:१४
  • ६९

    वीरगञ्ज | हिमोफिलिया सोसाइटी नेपालको आयोजना तथा नारायणी अस्पताल वीरगञ्जको सहकार्यमा नारायणी अस्पतालमा “हिमोफिलिया उपचार केन्द्र विस्तार तथा स्वास्थ्यकर्मीहरूको क्षमता विकास कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत नारायणी अस्पतालमा औपचारिक रूपमा हिमोफिलिया उपचार केन्द्र (एचटिसी) स्थापना गरिएको छ भने उपचारका लागि आवश्यक औषधि पनि हस्तान्तरण गरिएको छ।

    कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति तथा पर्सा हिमोफिलिया सोसाइटीका अध्यक्ष प्रा. डा. दीपक शाक्यले नारायणी अस्पतालका हेमाटोलोजिस्ट डा. निरज कुमार सिंहलाई हिमोफिलिया उपचारका लागि आवश्यक औषधि हस्तान्तरण गर्नुभएको थियो।

    सो अवसरमा स्वास्थ्यकर्मीहरूलाई हिमोफिलिया रोगको पहिचान, उपचार, व्यवस्थापन तथा बिरामीलाई आवश्यक पर्ने “फ्याक्टर” को प्रयोगसम्बन्धी व्यावहारिक प्रशिक्षण तथा डेमोसमेत प्रदान गरिएको थियो।

    कार्यक्रममा वक्ताहरूले नारायणी अस्पतालमा उपचार केन्द्र स्थापना भएसँगै अब मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सिरहा लगायत जिल्लाका हिमोफिलिया तथा अन्य रक्तश्रावसम्बन्धी समस्याबाट पीडित बिरामीहरूले आफ्नै प्रदेशमा सहज रूपमा उपचार सेवा प्राप्त गर्न सक्ने बताएका थिए।

    उनीहरूले यसअघि सामान्य उपचारका लागि समेत काठमाडौं जानुपर्ने बाध्यता रहेको र त्यसका कारण बिरामी तथा परिवारले आर्थिक तथा मानसिक रूपमा ठूलो सास्ती भोग्नुपरेको उल्लेख गर्दै अब यस्तो समस्या क्रमशः अन्त्य हुने विश्वास व्यक्त गरे। समयमै रोगको पहिचान, नियमित उपचार तथा आवश्यक औषधिको उपलब्धता सुनिश्चित भए हिमोफिलियाका बिरामीहरूले पनि सामान्य, सुरक्षित र उत्पादनशील जीवनयापन गर्न सक्ने वक्ताहरूको भनाइ थियो।

    कार्यक्रममा हेमाटोलोजिस्ट डा. निरज कुमार सिंह, नारायणी अस्पतालका डा. प्रविण कुमार सिंह, हिमोफिलिया सोसाइटी नेपालका उपाध्यक्ष रामकृष्ण बोगटी, सचिव बुद्धिलाल श्रेष्ठ, मधेस प्रदेश अध्यक्ष सुरेन्द्र शाहलगायतको सहभागिता रहेको थियो।

    हिमोफिलिया सोसाइटी नेपालका मधेस प्रदेश उपाध्यक्ष मुन्नालाल साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हिमोफिलियाबाट प्रभावित बालबालिकाको सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिइयो। बालबालिकालाई चोटपटक लाग्न नदिन सावधानी अपनाउनुपर्ने, चोट लागेमा सुरुमा चिसोपानीले सेक्नुपर्ने र त्यसपछि चिकित्सकको सल्लाहअनुसार उपचार गराउनुपर्ने सुझाव दिइएको थियो।

    वक्ताहरूले हिमोफिलिया भएका बालबालिकाको अवस्थाबारे विद्यालयलाई समेत जानकारी गराउनुपर्ने आवश्यकता औँल्याए। विद्यालयमा खेल्ने क्रममा वा अन्य गतिविधिमा चोटपटक लाग्ने सम्भावना बढी हुने भएकाले रोग लुकाउनु नहुने र नियमित रूपमा चिकित्सकको परामर्श तथा उपचार लिनुपर्नेमा जोड दिइएको थियो।

    कार्यक्रममा हिमोफिलिया सोसाइटी नेपालका उपाध्यक्ष रामकृष्ण बोगटीले प्रोजेक्टरमार्फत हिमोफिलियाबारे विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले नेपालमा अझै पनि धेरै हिमोफिलिया बिरामी पहिचान र उपचारको पहुँचभन्दा बाहिर रहेको जानकारी दिँदै आवश्यक औषधिमध्ये करिब ५४ प्रतिशत अभाव रहेको उल्लेख गर्नुभयो।

    उहाँले स्थानीय सरकारले हिमोफिलिया बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने कानुनी व्यवस्था गरे पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो। हालसम्म नेपालका १८ सरकारी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना भइसकेको र आगामी दिनमा सेवा विस्तारलाई अझ सुदृढ बनाइने जानकारी समेत दिनुभयो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपालमा गैर कानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ
  • आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता
  • २५ खेलाडीलाई नगद र खेल सामग्रीसहित सम्मान
  • बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपालमा गैर कानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ

    आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता

    २५ खेलाडीलाई नगद र खेल सामग्रीसहित सम्मान

    बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा

    नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना, स्वास्थ्यकर्मीलाई क्षमता विकास तालिम

    दाइजोका कारण पाँच महिनाअघि विवाह भएकी खुशबुन खातुनको हत्या भएको आरोप, पीडित परिवारद्वारा निष्पक्ष छानबिनको माग

    विश्व योग दिवसमा आईसीपी रक्सौलमा भव्य योग शिविर, सयौंको सहभागिता

    नियमविपरीत कार्य गरेको गुनासो

    प्याब्सन पर्साद्वारा एसईई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने ४० विद्यार्थीलाई सम्मान

    सातौँ भन्सार सुधार योजना प्रभावकारी कार्यान्वयनमा जोड, सेवा सहजीकरण र डिजिटल प्रणाली विस्तारको माग

    नेपालमा गैर कानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ

    आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता

    २५ खेलाडीलाई नगद र खेल सामग्रीसहित सम्मान

    बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा

    नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना, स्वास्थ्यकर्मीलाई क्षमता विकास तालिम

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेपालमा गैर कानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ

    News

    आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता

    News

    २५ खेलाडीलाई नगद र खेल सामग्रीसहित सम्मान

    News

    बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा

    News

    नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना, स्वास्थ्यकर्मीलाई क्षमता विकास तालिम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑