• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा आयोजित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०८१ सम्पन्न

  • वीरगंज संजाल
  • २९ माघ २०८१, मंगलवार १०:४९
  • ३२८९

    वीरगञ्ज । हिन्दु स्वयंसेवक सङ्घ नेपालले आयोजित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०८१ सम्पन्न भएको छ ।

    सोमबार वीरगञ्जको आदर्शनगरस्थित पुराना बसपार्कमा आयोजित परीक्षामा २२ सय भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

    परीक्षामा वीरगञ्ज बीपीएस प्लस टु कलेजका सुमित प्रसाद कलवारले प्रथम स्थान प्राप्त गरे भने साउथ जोन स्कुलका विशाल यादवले दोस्रो र पिसजोन एकेडेमीकी प्रतीक्षा यादवले तेस्रो स्थान हासिल गरिन् ।

    कार्यक्रम संयोजक जियालाल गुप्ताका अनुसार, विजेताहरूलाई नगद पुरस्कार र प्रमाण पत्रले सम्मानित गरिएको थियो । प्रथम भएका कलवारलाई लागि २२,५०० रुपैयाँ, दोस्रो भएका यादवलाई १६,५०० रुपैयाँ, र तेस्रो भएकी प्रतीक्षा यादवलाई १२,५०० रुपैयाँ नगदबाट पुरस्कृत गरिएको थियो ।

    त्यसै गरी, परीक्षामा उत्कृष्ट प्रदर्शन गर्न नसकेका ५५ जनालाई सान्त्वना पुरस्कार स्वरूप १,१०० रुपैयाँ दिइएको थियो । सान्त्वना पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूमा बिपिएस प्लस २ का अनु साह, विशाल साह कलवार, सिताराम प्रसाद कुशवाहा, साउथ जोनका रुपेश कुमार कानु, प्रिन्स चौहान लगायतका विद्यार्थीहरू रहेका थिए ।

    कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई अझ रमाइलो र विशेष बनाएका थिए । सगरमाथा स्कुल, काव्य स्कुल, डेसीमल स्कुल, सुरजीदेवी मावि, नगवा मावि, माई स्थान मावि, तेजस एकेडेमी, र पिस जोन स्कुलका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए ।

    स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजनाको मुख्य उद्देश्य विद्यार्थीहरूमा सनातन धर्म र संस्कृतिसँगै स्वामी विवेकानन्दका शिक्षाहरूको ज्ञान प्रवर्द्धन गर्नु थियो । कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो सांस्कृतिक पहिचान र धार्मिक मूल्यहरूमा गहिरो विश्वास बनाउन मद्दत पुर्‍याएको कार्यक्रम संयोजक जियालाल गुप्ताले बताए । त्यस्तै परीक्षाले विद्यार्थीहरूको समाज र संस्कृतिसँगको साक्षात्कार बढाउनुका साथै उनीहरूलाई भविष्यमा सामाजिक नेतृत्वका लागि तयार समेत गरेको उनले विश्वास व्यक्त गरे ।

    कार्यक्रमले विद्यार्थीहरूलाई केवल प्रतिस्पर्धा गर्न मात्र नभएर सांस्कृतिक र सामाजिक दृष्टिकोणबाट पनि समृद्ध बनाउनको लागि ठूलो अवसर प्रदान गरेको हिन्दु स्वयंसेवक सङ्घ पर्साका जिल्ला सङ्घचालक माधव राजपालले बताए ।

    कार्यक्रमको अध्यक्षता हिन्दु स्वयंसेवक सङ्घ पर्साका जिल्ला सङ्घचालक माधव राजपालले गरेका थिए भने प्रमुख अतिथिको रूपमा नेपाल प्रहरीका पूर्व एआइजी विजयलाल कायस्थ उपस्थित थिए ।

    कार्यक्रममा नेपाल भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष अशोक वैध, माई स्थान विद्यापीठ स्कुलका प्रधानाध्यापक मुनिलाल कर्ण, र डेसीमल कलेजका निर्देशक सन्नी दुबेको उपस्थिति पनि रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपालमा गैर कानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ
  • आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता
  • २५ खेलाडीलाई नगद र खेल सामग्रीसहित सम्मान
  • बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपालमा गैर कानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ

    आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता

    २५ खेलाडीलाई नगद र खेल सामग्रीसहित सम्मान

    बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा

    नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना, स्वास्थ्यकर्मीलाई क्षमता विकास तालिम

    दाइजोका कारण पाँच महिनाअघि विवाह भएकी खुशबुन खातुनको हत्या भएको आरोप, पीडित परिवारद्वारा निष्पक्ष छानबिनको माग

    विश्व योग दिवसमा आईसीपी रक्सौलमा भव्य योग शिविर, सयौंको सहभागिता

    नियमविपरीत कार्य गरेको गुनासो

    प्याब्सन पर्साद्वारा एसईई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने ४० विद्यार्थीलाई सम्मान

    सातौँ भन्सार सुधार योजना प्रभावकारी कार्यान्वयनमा जोड, सेवा सहजीकरण र डिजिटल प्रणाली विस्तारको माग

    नेपालमा गैर कानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ

    आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता

    २५ खेलाडीलाई नगद र खेल सामग्रीसहित सम्मान

    बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा

    नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना, स्वास्थ्यकर्मीलाई क्षमता विकास तालिम

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेपालमा गैर कानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ

    News

    आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता

    News

    २५ खेलाडीलाई नगद र खेल सामग्रीसहित सम्मान

    News

    बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा

    News

    नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना, स्वास्थ्यकर्मीलाई क्षमता विकास तालिम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑