विश्वविद्यालयबाट निकालिएका नेपाली विद्यार्थीको आउजाउ खर्च किटले व्यहोर्ने

 Krishna Shrivastav

वीरगञ्ज । भारतको ओडिशा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा नेपाली विद्यार्थी प्रकृति लम्साल शङ्कास्पद अवस्थामा मृत भेटिएपछि विश्वविद्यालय प्रशासनले प्रभावित विद्यार्थीहरूको यात्रासम्बन्धी खर्च बेहोर्ने निर्णय गरेको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार परराष्ट्र मन्त्री आरजु राणाले शैक्षिक संस्थाका पदाधिकारीहरूसँग गरेको छलफलपछि उक्त निर्णय भएको हो । छात्रावास छोडेर नेपाल गएका विद्यार्थीहरूको नेपाल फर्कने टिकट खर्च विश्वविद्यालयले नै व्यहोर्ने तथा परीक्षामा छुट भएका विद्यार्थीहरूका लागि पुनः परीक्षा सञ्चालन गरिने प्रतिबद्धता विश्वविद्यालयले जनाएको छ । घटनाको अनुसन्धान तथा आवश्यक जानकारी सङ्कलन गर्न नेपाली दूतावासका प्रतिनिधिहरू

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रकृति लम्साल मृत्यु प्रकरणमा किट विश्वविद्यालयका पाँच जना पक्राउ

 Krishna Shrivastav

वीरगञ्ज । भारतको ओडिशा प्रहरीले किट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा संलग्न भएको आरोपमा विश्वविद्यालयका महानिर्देशकसहित पाँच जनालाई पक्राउ गरेको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार पक्राउ पर्नेहरूमा कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक ५९ वर्षीय सुधीरकुमार राठ तथा सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरा रहेका छन्। पक्राउ लगत्तै उनीहरूलाई अदालतमा पेस गरिएको बताइएको छ। यसअघि केआईआईटी विश्वविद्यालयले दुई सुरक्षा गार्डलाई बर्खास्त गर्दै तीन कर्मचारीलाई निलम्बन गरिसकेको छ। विश्वविद्यालय प्रशासनले घटनालाई दुर्भाग्यपूर्ण भन्दै ओडिसा सरकारको ध्यानाकर्षण

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सामा तीन वटा दुना-टपरी उद्योग बन्द, परम्परागत व्यवसाय संकटमा

 Krishna Shrivastav

वीरगञ्ज। पर्सा जिल्लामा विभिन्न स्थानमा सञ्चालन भइरहेका दुना-टपरी उद्योगमध्ये तीन वटा उद्योग बन्द भएका छन्। यी उद्योगहरू पर्सा राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालय अन्तर्गतका जंगलमा पाइने सालको पात प्रयोग गरेर सञ्चालन भइरहेका थिए। तर, बजारमा कागज र प्लास्टिकका सस्ता विकल्प उपलब्ध भएपछि यी उद्योगहरूको कारोबारमा गिरावट आएको हो। पर्सागढी नगरपालिका वडा नं. २ कटानीका नारायण कार्कीले १५ वर्षदेखि सञ्चालन गर्दै आएका दुना-टपरी उद्योगलाई कोरोना महामारीपछि ठूलो असर परेको बताए। उनले बजारमा माग घटेको कारण आफ्नो उद्योग बन्द गर्ने निर्णय लिनु परेको गुनासो गरे। यस उद्योगबाट करिब दुई दर्जन महिलाले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ, सेवाग्राहीको सास्ती कायम

 Krishna Shrivastav

वीरगञ्ज । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) स्मार्ट कार्ड बनाएर वितरण थालेको लामो समय बितिसक्दा पनि सेवाग्राहीले सहज रूपमा प्राप्त गर्न सकेका छैनन्। तीन वर्षभन्दा बढी समयदेखि लाइसेन्सको पर्खाइमा बसेका नागरिकले विभिन्न बहानामा ढिलाइ सहनुपरेको गुनासो गरिरहेका छन्। स्मार्ट कार्ड लागू भएको करिब एक दशक पुग्न लाग्दा पनि सेवाग्राहीलाई सहज रूपमा वितरण हुन नसकेको गुनासो बढ्दो छ। कहिले प्रिन्टर बिग्रिएको, कहिले कार्ड अभाव, कहिले मसीको अभाव, त कहिले भार क्षमताका कारण वितरण प्रक्रिया अवरुद्ध हुने जस्ता समस्याले सेवाग्राहीले समयमै लाइसेन्स पाउन सकेका छैनन्। हालसम्म करिब २० लाख उत्तीर्ण सेवाग्राही स्मार्ट

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रकृति लम्सालको शव नेपाल ल्याउने तयारी

 Krishna Shrivastav

वीरगञ्ज। भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा शङ्कास्पद अवस्थामा मृत भेटिएकी नेपाली छात्रा प्रकृति लम्सालको शव आज साँझसम्म नेपाल ल्याइपुर्‍याउने तयारी गरिएको छ। गत आइतबार, २० वर्षीया लम्साल होस्टेलको आफ्नै कोठामा शङ्कास्पद अवस्थामा मृत भेटिइन्। उनलाई नेपाल ल्याउनको लागि भारतस्थित नेपाली दूतावासले स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय गरिरहेको छ। मृतकका बाबु सुनिल लम्साल मङ्गलवार ओडिशा पुगेका छन्। शव नेपाल ल्याउने तयारीसँगै, लम्सालको मृत्युको कारण पत्ता लगाउन अनुसन्धान पनि जारी रहेको छ। यस घटनाले विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई आक्रोशित बनाएको छ। उनीहरूले न्यायको माग गर्दै प्रदर्शन गरेका छन्।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपाल प्रहरीका चार हजार ३८४ जवानहरूको सरुवा

 Krishna Shrivastav

वीरगञ्ज। नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा जवानहरूको सरुवा गरेको छ। मंगलबार एकैचोटी चार हजार ३८४ प्रहरी जवानहरूको सरुवा गरिएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार जवानहरूको सरुवा आवश्यकताअनुसार गरिएको छ। सरुवा सूची सार्वजनिक गरिएका छ, जसमा जनपद प्रहरी समूहतर्फका प्र.ज.हरूको सरुवा लिस्ट पनि उपलब्ध छ। उनीहरूलाई प्रचलित नियमानुसार तलव र भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था गरिएको छ। यस क्रममा सम्बन्धित कार्यालयहरूलाई यस विषयमा अवगत गराउँदै आवश्यक कारवाहीको लागि अनुरोध पनि गरिएको छ। यो सरुवा प्रहरी सेवा सुधार र संगठनात्मक दक्षता बढाउने उद्देश्यले गरिएको भनिएको छ। प्रहरी प्रधान कार्यालयको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सामान्य प्रशासन मन्त्री गुप्तासँग निजामती कर्मचारी सङ्गठनको भेट

 Krishna Shrivastav

वीरगंज | नेपाल निजामती कर्मचारी सङ्गठनका प्रतिनिधिहरूले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग भेट गरेका छन्। यो भेट माघ ३० देखि फागुन १ गतेसम्म भएको १२औँ महाधिवेशनले निर्वाचित नयाँ कार्यसमितिले मङ्गलवार मन्त्रालयमा गरेको हो। निजामती कर्मचारी सङ्गठनका नवनिर्वाचित अध्यक्ष भवानी दाहालसहित अन्य पदाधिकारी र सदस्यहरूले मन्त्री गुप्तालाई भेटेका थिए। भेटघाटका क्रममा मन्त्री गुप्ताले संगठनको महिला नेतृत्व चयन गरेर इतिहास रचेकामा खुसी व्यक्त गरे र नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका छन्। उनले कार्यकाल सफल बनाउन सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। भेटमा, नवनिर्वाचित अध्यक्ष भवानी दाहालले मन्त्री गुप्तासँग एक महत्वपूर्ण

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

लागू औषधविरुद्ध बृहत जनचेतनामूलक र्‍याली सम्पन्न

 Krishna Shrivastav

कपिलवस्तु ।अजय मिश्र । नेपाल प्रहरीले “हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी” भन्ने नाराका साथ प्रहरी-स्थानीय तह साझेदारीमा वृहत सुरक्षा सचेतना अभियान सुरू गरेको छ। अभियानको पहिलो दिन लागू औषधविरुद्ध बृहत जनचेतनामूलक र्‍याली निकालिएको छ। कृष्णनगर नगरपालिकाको समन्वयमा निकालिएको र्‍यालीमा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत खेमराज देवकोटा, ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्री, कृष्णनगर नगरपालिका स्वरोजगार शाखा प्रमुख इश्वरी पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्याय, सशस्त्र प्रहरी बल कृष्णनगरका प्रतिनिधिहरू, होटल व्यवसायी , विभिन्न संघसंस्था तथा महेन्द्र माविका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

प्रकृति लम्साल मृत्यु प्रकरणः नेपाली विद्यार्थी अलपत्र, विश्वविद्यालयको लाइसेन्स खारेज गर्न माग

 Krishna Shrivastav

काठमाडौं । भारतको ओडिशास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु भएपछि उत्पन्न विवादले उग्र रूप लिएको छ । बी-टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार आफ्नो होस्टेलमा मृत भेटिएपछि विद्यार्थी र विभिन्न संघसंस्थाहरूले विश्वविद्यालय प्रशासनको लापरबाही र दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । मृत्यु प्रकरणको छानबिन र न्यायको माग गर्दै उत्कल विद्यार्थी संघले सोमबार उद्योगमन्त्री सम्पद चन्द्र स्वाईंलाई भेटी विश्वविद्यालयको लाइसेन्स खारेजीको मागपत्र समेत बुझाएको छ । उत्कल विद्यार्थी संघका अध्यक्ष सौम्यरञ्जन सामलले नेपाली विद्यार्थीहरू मात्र लक्षित गरी कलेज छोड्न बाध्य पारिनु दुःखद

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

भारतीय क्याम्पसमा नेपाली छात्राको मृत्यु प्रकरण के हो

 Krishna Shrivastav

एक नेपाली छात्राको “शङ्कास्पद मृत्यु”को घटनापछि भारतको ओडिसा राज्यस्थित भुवनेश्वरको कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रिअल टेक्नोलजी (केआईआईटी) मा अध्ययनरत तर छात्रावास छाड्नुपरेका नेपाली विद्यार्थीहरूले अन्योल र चिन्तामा परेको बताएका छन्। आइतवार साँझतिर बुटवल घर भएकी ती छात्रा “झुन्डिएको पाइएको” घटनापछि क्याम्पसमा तनाव सिर्जना भएको बताइएको छ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका एक अधिकारीले बीबीसी नेपालीलाई बताएअनुसार घटनाबारे क्याम्पस प्रशासन र नेपाली विद्यार्थीहरूले फरकफरक विवरण दिएका छन्। “नेपाली विद्यार्थीले आफूहरूलाई जबरजस्ती होस्टलबाट निकालिएको बताएका छन् भने क्याम्पस प्रशासनले स्वैच्छिक रूपमा उनीहरू बाहिरिएको जनाएको छ,” दूतावासका अधिकारीले भने। के भएको हो? हाल स्नातक तेस्रो

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

च्याटजीपीटी र जेमिनाईलाई टक्कर दिन पर्प्लेक्सिटीले ल्यायो डिप रिसर्च टुल, निःशुल्क प्रयोग गर्न सकिने

 Krishna Shrivastav

काठमाडौं । एआई सर्च इन्जिन पर्प्लेक्सिटी एआईले ‘डिप रिसर्च’ नामक टुल निःशुल्क उपलब्ध गराएको छ । विस्तृत र गहन खोज तथा अनुसन्धान गर्नेहरूका लागि यो टुल उपयुक्त हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस टुलले दर्जनौं खोज तथा अनुसन्धानका काम क्षणभरमै गर्न सक्छ । साथै सयौं स्रोतबाट जानकारी सङ्कलन गर्न र स्वतः त्यसबाट कारणसहित जवाफ उपलब्ध गराउने कम्पनीको दाबी छ । पर्प्लेक्सिटीको डिप रिसर्च टुल च्याटजीपीटी र गुगल जेमिनाईको फिचर जस्तै छ । च्याटजीपीटी र जेमिनाईको फिचर शुल्क तिरेर प्रयोग गर्नुपर्ने हुन्छ भने पर्प्लेक्सिटीको फिचर निःशुल्क प्रयोग गर्न सकिन्छ ।

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

बाइटडान्सले ल्यायो ‘गोकु एआई’, शब्दकै आधारमा उत्कृष्ट भिडिओ बनाइदिने !

 Krishna Shrivastav

काठमाडौं । टिकटकको माउ कम्पनी बाइटडान्सले ओपनएआईको सोरालाई टक्कर दिन नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल सार्वजनिक गरेको छ । कम्पनीले शब्दकै भरमा गुणस्तरीय भिडिओ तथा तस्बिर बनाइदिने ‘गोकु एआई’ टुल ल्याएको हो । यसको आगमनसँगै एआई क्षेत्रमा नयाँ बहस सुरु भएको छ । गोकु एआईले रेक्टिफाइड फ्लो ट्रान्सफर्मर्स (Rectified Flow Transformers) प्रयोग गरेको छ । यसले प्रयोगकर्ताको ‘प्रम्प्ट’लाई विश्लेषण गरी गुणस्तरीय तस्बिर वा भिडिओ बनाउने बताइएको छ । यो टुलले ओपनएआईको सोरालाई चुनौती दिने अनुमान छ । यो एआई मोडेल ओपन-सोर्स भएकाले जो कोहीले प्रयोग गर्न सक्नेछन् । मेटाको लामा

Mobile Phones, कला मनोरंजन, देश, समाचार  संग सबंधीत छ |

रौतहटबाट २ दिनमा १३ जना फरार प्रतिवादी पक्राउ

 Krishna Shrivastav

रौतहट | प्रहरीले विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ । सोमबार र मंगलबार गरी २ दिनमा प्रहरीले १३ जनालाई पक्राउ गरेको हो । विभिन्न मुद्धामा फरार रहेका व्यक्तिहरूलाई खोज तलास गरी लुकीछिपी बसेको अवस्थाबाट पक्राउ गरी जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा दाखिला गरेको प्रहरीले जनाएको छ | पक्राउ पर्नेमा रौतहट राजपुर–४ बस्ने वर्ष ३० का राम प्रवेश साह, राजपुर– ५ बस्ने वर्ष ३० का धर्वेन्द्र भगत माली, राजपुर–४ बस्ने वर्ष २१ का कमरे आलम, राजदेवी– ९ बस्ने वर्ष २९ का रन्धिर कुमार सिंह

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

केआईआईटी विश्वविद्यालयबाट लखेटिएका १४ सय नेपाली विद्यार्थीले होस्टेल फर्किन राखे ८ बुँदे सर्त

 Krishna Shrivastav

काठमाडौं । भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत बुटवल स्थायी घर भएकी छात्रा प्रकृति लम्सालको मृत्यु भएपछि नेपाली विद्यार्थीहरुले भारतीय पक्षबाट असुरक्षित महसुस भएको बताएका छन् । घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दा भारतीय पक्षबाट कुटपिट र दुर्व्यहार भोग्नु परेकाले उनीहरुले पुनः होस्टेल फर्किएर पढाइ जारी राख्नका लागि आठ बुँदे सर्तहरु अघि सारेका छन् । ती यसप्रकार छन् – १, न्याय सुनिश्चित गरिनुपर्छ । घटनामा संलग्न दोषीहरूलाई कानूनअनुसार कारबाही गरिनुपर्छ । २, प्रहरी अनुसन्धान गरिनुपर्छ । होस्टल वार्डेन र विश्वविद्यालयका अधिकारीहरूले प्रहरी आउनुअघि नै पीडितको शव आफ्नो नियन्त्रणमा लिई उचित प्रक्रिया उल्लंघन

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

जनकपुरका १८ अस्पताल बन्द

 Krishna Shrivastav

वीरगंज | मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहसहितको टोलीले गरेको अनुमगनबाट जनकपुरधामका १८ वटा अस्पताल बन्द भएका छन् । मुख्यमन्त्री सिंह तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीसहितले गत सातादेखि थालेको नीजि अस्पताल अनुगमनबाट दर्ता प्रक्रियाबिना सञ्चालनमा आएका १८ वटा अस्पताल बन्द भएका हुन् । अनुगमन टोलीले ४० नीजि अस्पताल अनुगमन गरिसकेको छ । यहाँका बिनादर्ता सञ्चालित मुस्कान अस्पताल, अरमान हस्पिटल, सहयोग हस्पिटल, जनकपुर मोर्डन हस्पिटल, माँ गायत्री मेमोरियल हस्पिटल, रामा मेमोरियल हस्पिटल, जनकपुर सिता हस्पिटल, बिएन हस्पिटल, ज्योति आँखा अस्पताल, जनकपुर गोल्डेन हस्पिटल, जनकपुर मधेश हस्पिटल, लाइफ केयर एण्ड रिसर्च

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मंगलबार पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

 Krishna Shrivastav

वीरगंज |नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ। सोमबार प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला सात सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

केआईआईटी विश्वविद्यालयद्वारा नेपाली विद्यार्थीलाई कक्षामा फर्किन आग्रह

 Krishna Shrivastav

वीरगंज | भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कक्षामा फर्किन आग्रह गरेको छ । विश्वविद्यालय प्रशासनले हिजो अपील सार्वजनिक गर्दै दुर्भाग्यपूर्ण घटना भएको भन्दै नेपाली विद्यार्थीलाई कक्षामा फर्किन आग्रह गरेको हो । प्रशासनले क्याम्पस छोडेका वा छोड्ने योजना बनाएका सबै नेपाली विद्यार्थीहरूलाई फर्किएर कक्षामा सहभागी हुन अपील गरेको छ । यसअघि विश्वविद्यालयले पत्रमार्फत तत्कालका लागि शान्ति सुरक्षा व्यवस्था गर्न नेपाली विद्यार्थीलाई अस्थायी प्रतिबन्ध लगाएको बताएको थियो । त्यसपछि हिजो दिउँसो केआईआईटी विश्वविद्यालयमा पढ्ने पाँच सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टेलबाट जर्बजस्ती उठाएर विभिन्न रेल स्टेसनमा

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारामा तालिमको नाममा ठगी गर्ने पर्साका दुई जना सहित चार जना पक्राउ

 Krishna Shrivastav

बारा। बाराको सिमरामा तालिम सञ्चालनको नाममा युवाहरूलाई ठगी गरेको तथ्य बाहिर आएको छ। नेटवर्किङ व्यापारको नाममा युवाहरूलाई आर्थिक ठगी गरेको आरोप लागेपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका छन्। जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा युनिभर्सल भिजनरी युथ इन्टरप्रेनरर्स नामक संस्थामार्फत ठगी भएको खुलासा भएको छ। पीडितहरूबाट उजुरी परेपछि बारा प्रहरीले अनुसन्धान सुरु गरेको हो। ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय सिमराले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुमित पटेल (जीतपुरसिमरा उपमहानगरपालिका-३) सुमन साह (बीरगञ्ज महानगरपालिका-२२) आर्यनकुमार दास (बीरगञ्ज महानगरपालिका-२३) रिता सुनार (नवलपरासी, कावासोती नगरपालिका-१४) प्रहरीका अनुसार युनिभर्सल इन्टरप्रेनरर्स समूहले सामाजिक सञ्जाल फेसबुकमा ग्रुप

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

News

आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

News

समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

News

वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

News

खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन