• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतीय क्याम्पसमा नेपाली छात्राको मृत्यु प्रकरण के हो

  • वीरगंज संजाल
  • ६ फाल्गुन २०८१, मंगलवार १३:४६
  • ८३३

    एक नेपाली छात्राको “शङ्कास्पद मृत्यु”को घटनापछि भारतको ओडिसा राज्यस्थित भुवनेश्वरको कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रिअल टेक्नोलजी (केआईआईटी) मा अध्ययनरत तर छात्रावास छाड्नुपरेका नेपाली विद्यार्थीहरूले अन्योल र चिन्तामा परेको बताएका छन्।

    आइतवार साँझतिर बुटवल घर भएकी ती छात्रा “झुन्डिएको पाइएको” घटनापछि क्याम्पसमा तनाव सिर्जना भएको बताइएको छ।
    नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका एक अधिकारीले बीबीसी नेपालीलाई बताएअनुसार घटनाबारे क्याम्पस प्रशासन र नेपाली विद्यार्थीहरूले फरकफरक विवरण दिएका छन्।
    “नेपाली विद्यार्थीले आफूहरूलाई जबरजस्ती होस्टलबाट निकालिएको बताएका छन् भने क्याम्पस प्रशासनले स्वैच्छिक रूपमा उनीहरू बाहिरिएको जनाएको छ,” दूतावासका अधिकारीले भने।

    के भएको हो?

    हाल स्नातक तेस्रो वर्षमा रहेका एक नेपाली विद्यार्थीका अनुसार केआईआईटीमै अध्ययनरत बुटवलकी ती छात्रालाई क्याम्पसकै होस्टलभित्र आइतवार दिउँसो ५ बजेतिर “झुन्डिरहेको अवस्थामा” फेला पारिएको थियो।
    “ढोका नखुलेपछि होस्टलका वार्डनले भेन्टिलेशनबाट देखेपछि उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो। त्यहाँ हामी पुग्दासम्म उनको मृत्यु भइसकेको रहेछ,” नाम उल्लेख नगर्ने सर्तमा ती विद्यार्थीले बीबीसी न्यूज नेपालीसँग भने।
    उनका अनुसार मृत्युको घटनापछि नेपाली विद्यार्थीहरूले सत्यतथ्य छानबिन गर्न माग गर्दै साँझबाट प्रदर्शन गर्न थाले।
    “प्रदर्शनका क्रममा उत्तेजक भिडले छात्रावासका ढोका फुटाल्ने र उपकुलपतिलक्षित असभ्य गालीगलौज पनि गरे। नेपाली विद्यार्थीहरूको तर्फबाट गल्ती त्यही भएको हो,” ती विद्यार्थीले भने।

    त्यसपछि क्याम्पस प्रशासनले जबाफी कदम चालेको बीबीसी नेपालीसँग कुरा गरेकी अर्की छात्राले बताइन्।
    “सखारै क्याम्पस प्रशासनले एउटा नोटिस जारी गर्दै सबै नेपाली विद्यार्थीहरूलाई बाहिरिन भनियो,” उनले भनिन्।

    नेपाली विद्यार्थीहरूका अनुसार खास गरी छात्रहरूलाई होस्टलबाट बलपूर्वक निकाली बसमा हालेर रेल्वे स्टेशनसम्म पुर्‍याइएको छ।
    दूतावास तथा विद्यार्थीहरूका अनुसार केआईआईटीमा लगभग ७०० जना नेपालीहरू कम्प्युटरदेखि व्यवस्थापनसम्मका विषय पढ्दै आएका छन्। यकिन सङ्ख्याबारे चाहिँ स्पष्ट हुन सकेको छैन।
    “अहिले सबै नेपाली विद्यार्थीहरू आआफ्नो चाँजोपाँजो मिलाउन लागिपरेका छन्। रेल, हवाईजहाज जेको टिकट पाइरहेका छन्, त्यसैमार्फत् फर्किन खोजिरहेका छन्,” ती छात्राले भनिन्।
    अर्का छात्रका अनुसार कतिपय चाहिँ केही दिनमा फर्कन पाइन्छ कि भन्ने आशामा उतै बस्न खोजिरहेका छन्।
    दूतावास के भन्छ |

    नेपाली दूतावासका अधिकारीहरूले दिल्लीस्थित केआईआईटीका प्रतिनिधिहरूसँग आफूहरूले घटनाबारे छलफल गरेको बताएका छन्।
    सो क्रममा “स्वतन्त्र र निष्पक्ष” छानबिनमा आफूहरूले जोड दिएको एक अधिकारीले बीबीसीलाई बताए।
    भारतीय सञ्चारमाध्यमहरूका अनुसार घटनामा जोडिएका एक भारतीय छात्रविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरी दर्ता भएको छ।
    दिल्लीस्थित नेपाली नियोगका उपप्रमुख सुरेन्द्र थापाले बीबीसीलाई बताएअनुसार क्याम्पस प्रशासन नेपाली विद्यार्थीहरूलाई फर्कन दिन राजी भएको छ।
    “उहाँहरूले नोटिस फिर्ता लिनुभएको छ। होस्टलमा पुनः बस्न दिन र कक्षा लिन दिन सहमत भइसक्नुभयो,” थापाले अगाडि थपे। “हामीले सम्पर्कमा रहेका विद्यार्थीहरूलाई फर्कन भनिरहेका छौँ।”

    तर नेपाल हिँडिसकेका विद्यार्थीहरू कहिलेसम्म फर्किने भन्नेबारे अन्योलमा रहेको बताएका छन्।
    “यही भएका विद्यार्थीहरू पनि माहोल हेरेर मात्र क्याम्पस फर्कने भनिरहेका छन्,” एक नेपाली विद्यार्थीले भने।
    नेपालको परराष्ट्र मन्त्रालयले भने दूतावासमार्फत् समस्याको समाधान खोज्ने प्रयास भइरहेको जनाएको छ।
    नेपाली दूतावासले नेपाली विद्यार्थीहरू सुरक्षित रहेको सुनिश्चित गर्नका निम्ति मङ्गलवार दूतावासका दुई जना अधिकारीलाई ओडिसा पठाउन लागेको नियोग उपप्रमुख थापाले बताए।
    क्याम्पस के भन्छ?

    केआईआईटी प्रशासनले ‘बी टेक’ तृतीय वर्षमा अध्ययनरत नेपाली छात्राको “आत्महत्या” बाट ज्यान गएको जनाएको छ।
    घटनापछि नेपाली विद्यार्थीहरूले सडकमा अवरोध समेत पुर्‍याएको क्याम्पस प्रशासनको दाबी छ।
    हाल स्थिति सामान्य अवस्थामा फर्किसकेको सोमवार दिउँसो जारी एउटा विज्ञप्तिमा उल्लेख छ।
    “विद्यार्थीहरूलाई क्याम्पस फर्किन प्रोत्साहित गरिन्छ र उनीहरू छिटै नियमित कक्षामा सहभागी हुन पाउने छन्,” केआईआईटीको विज्ञप्तिमा उल्लेख छ।
    भारतीय क्याम्पसहरूमा ठूलो सङ्ख्यामा नेपालीहरू अध्ययनरत रहेका बताइन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑