Krishna Shrivastav
बारा २ : उपेन्द्र यादवलाई लोसपाको पनि समर्थन
Krishna Shrivastav

वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १० वैशाखमा हुने उपनिर्वाचनमा बारा २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई सघाउने भएको छ । यसअघि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बन्ने चर्चा चलाएको लोसपाले अब भने सत्ता गठबन्धनको उम्मेदवारका रुपमा जसपा उम्मेदवार यादवलाई समर्थन गर्ने भएको हो । लोसपाका वरिष्ठ नेता महतोले आफ्नो पार्टीसमेत रहेको गठबन्धनको साझा उम्मेदवारलाई उपनिर्वाचनमा सघाउने बताए । ‘हाम्रो पार्टी समेत रहेको गठबन्धनको बैठकले उपेन्द्रजीलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीले नै उहाँको उम्मेदवारीलाई सघाउने भन्ने निर्णय गरिसकेपछि मैले त्यसको विरुद्ध हुने गरी