Krishna Shrivastav
बारामा पनि दलितलाई महायज्ञ प्रवेशमा राेक
Krishna Shrivastav

बारा । बाराको सुवर्ण गाउँपालिकामा आइतबारबाट हुन लागेको विष्णु महायज्ञमा दलित समुदायलाई पूजापाठ र प्रवेश गर्नसमेत रोक लगाएपछि स्थानीय दलित अगुवाहरुले जिल्ला प्रशासन कार्यालय कलैयामा उजुरी दिएका छन् । सुवर्ण गाउँपालिका वडा नम्बर १ घुसुकपुरमा आइतबारदेखि हुन लागेको महायज्ञमा स्थानीय दलित समुदायका भक्तजनहरुलाई छुवाछुत गरी प्रवेश गर्न नदिइएको भन्दै गत चैत्र १९ गते नेपाल दलित मुक्ति संगठनले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको हो । दलित समुदायको बसोबास रहेको स्थान नजिकै यज्ञ आयोजना हुन लागेको हो । गाउँका माथिल्लो समुदायका भनिएका केही मान्छेहरुको पहलमा घुसुकपुरमा आइतवारदेखि आगामी ५ वैशाखसम्म धार्मिक