वीरगंज । वीरगंजमा विश्व हिन्दु परिषद नेपालद्धारा वीरगञ्जमा हनुमान जयन्तीको उपलक्ष्यमा बिशाल शोभा यात्राको आयोजना गरिएको थियो।
यात्रामा बीरगंजका ३२ वटैवडा तथा बारा जिल्लाको विश्रामपुर गाउपालिकासगै पर्सा र बारा जिल्ला गरी विभिन्न गाउ तथा टोल बाट हिन्दु धर्मावलम्बीहरुको सहभागिता रहेको थियो। हरेक गाउ बाट हजारौको संख्यामा सहभागीहरुको नारा जय श्री राम.जय बजरंगबली.हिन्दु राष्ट्र कायम होस जस्ता नारा लगाएका थिए।
यात्रामा विश्व हिन्दु परिषद नेपालका संतोषान्नद जि महाराज ले हिन्दू एकता नेपाल हिन्दू राष्ट्र कायम होस पछिल्लो समय हामी हिन्दू ना एकता न भए कै कारण गैर हिन्दुले फाइदा लिदै आएका थिए। तर आजको यो यात्राको सहभागिताले हामी आउदा दिनमा एकता भएर जाने विश्वास व्यक्त गरे। यात्रामा बिरगंज माहानगरपालिका बिभिन्न ब्यक्ति तथा संघसंस्थाबाट सहभागीहरुको पानी जुस बिस्कुटको ब्यवस्था गरिएको थियो।