Krishna Shrivastav
बारा २ मा उपेन्द्र यादवलाई जिताउन कांग्रेसको चुनावी कमाण्डर सांसद अजय चौरसिया
Krishna Shrivastav

वीरगंज । बैशाख १० मा हुने उपनिर्वाचनका लागि बारा २ मा सत्तागठबन्धनबाट जसपाका उम्मेदवार उपेन्द्र यादवलाई जिताउन नेपाली कांग्रेसले पर्सा क्षेत्र नम्बर २ का सांसद अजयकुमार चौरसियालाई पार्टीका तर्फबाट चुनावी कमान्डर तोकेको छ । कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारा–२ मा गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादवलाई जिताउन पूर्वराज्यमन्त्री एंव कांग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसियालाई चुनावी कमाण्डर तोकेका हुन् । ‘बारा–२ मा गठबन्धन दलका उम्मेदवार जसपाका उपेन्द्र यादवलाई विजयी बनाउने गहन दायित्वलाई हृदयंगम गर्दै तपाईलाई बारा जिल्लाको विशेस जिम्मेवारी दिइएको छ,’ सभापति देउवाले जारी गरेको पत्रमा उल्लेख छ