Krishna Shrivastav
सर्लाहीको हरिपूर्वाका प्रमुख प्रशासकीय अधिकृत यादवको हाजिर भएकै दिन सरुवा
Krishna Shrivastav

सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिकामा एक जना प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवको हाजिर भएकै दिन सरुवा भएको छ । उनी गत आइतबार मात्रै कार्यालयमा हाजिर भएका थिए । तर, कार्यालयमा हाजिर भएर फूलमाला अनि अबिर पहिरिएर कार्यभार सम्हालेकै दिन नै यादवको सरुवा भयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वैशाख १४ गते चलानी नम्बर १६९५ को पत्र अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशमा कार्यरत शाखा अधिकृत यादवलाई हरिपूर्वाको प्रमुख प्रशासकीय अधिकृत पदमा खटाइएको उल्लेख छ । यादव फेरि सोही स्थानमा यथावत् रहने गरी आइतबार चलानी नम्बर १७०७ बाट