• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिना कारण आत्तिनुहुन्छ ? एन्जाइटी पनि हुन सक्छ

  • वीरगंज संजाल
  • २० बैशाख २०८०, बुधबार १४:२०
  • ३०४९

    वीरगंज । साधारण भाषामा भन्ने हो भने एन्जाइटी भनेको डर हो । भविष्यमा केही होला कि भन्ने डर लागिरहनु नै एन्जाइटी हो । एन्जाइटी सबैमा हुन्छ तर लक्षण धेरै छैन भने समय क्रमसँगै बिस्तारै निको हुँदै जान्छ । तर दैनिक जीवन र काम गर्ने क्षमतामा नै प्रभाव पार्छ भने समस्या भएको बुझ्नुपर्छ । एन्जाइटी एक मानसिक समस्या हो । साइकोसिस र न्युरोसिस्ट गरी यो दुई प्रकारको हुन्छ । मलाई रोग लागेको छ भन्ने जानकारी बिरामीलाई छैन भने साइकोसिस र छ भने न्युरोसिस्ट भनिन्छ ।

    एन्जाइटीका संकेत

    बिना कारण आत्तिने : एन्जाइटी भएका व्यक्ति बिना कारण सानो कुरालाई लिएर धेरै नकारात्मक कुरा सोचेर आत्तिने गर्छन् । डरलाग्दा कुनै घटना वा वस्तु नभए पनि घर बसेकै बेला डराउँछन् ।

    हृदयघातको जोखिम : एन्जाइटीको समस्या भएका व्यक्तिको मुटुको धड्कन र श्वासप्रश्वास तीव्र हुन्छ । यस्ता व्यक्तिलाई हृदयघात समेत हुन सक्छ । मुटुको समस्या छ भने डरले मनमा घर बनाएको हुन्छ । छाती भारी भएको जस्तो हुन्छ ।

    निद्रा नलाग्नु : एन्जाइटी भएमा कुनै आवाजले पनि छिनछिनमै ब्युँझिने हुन्छ । खलखल पसिना आउँछ ।

    मुख सुक्नु : एन्जाइटी भएमा डरले मुख सुख्खा हुने समस्या हुन्छ । छटपट छटपट भइराख्नु एन्जाइटीका संकेत हुन् ।

    आत्मविश्वासको कमी : जुनसुकै कुरालाई नकारात्मक रुपमा सोच्नु एन्जाइटीको लक्षण हो । जे पनि मैले गर्न सक्दिन, म खस्छु, मर्छु भन्ने सोच मनमा आउँछ भने एन्जाइटी भएको बुझ्नुपर्छ । साथै टाउको दुख्नु, कमजोरी महसुस हुनु, चक्कर लाग्नु, हातखुट्टा काँप्नु पनि यसकै संकेत हो ।

    कसलाई हुन सक्छ एन्जाइटी ?

    एन्जाइटी जसलाई पनि हुन सक्छ । त्यसमध्ये पनि सानो सानो कुरामा डराउने, मदिरा, चुरोट धेरै खाने, राति अनिंदो बस्ने, एक्कासि आर्थिक अवस्था र पारिवारिक सम्बन्ध बिग्रिएका व्यक्तिमा एन्जाइटी हुने सम्भावना धेरै हुन्छ । कतिपयलाई वंशाणुगत कारणले पनि एन्जाइटीको समस्या हुन सक्छ ।

    उपचार के छ ?

    एन्जाइटीले दैनिक काममा प्रभाव पारेमा, परिवार नातागोताको सम्बन्धमा समस्या उत्पन्न गरेमा, डरलाई नियन्त्रण गर्न नसकेमा, डर सँगसँगै मानसिक समस्या पनि थपिएमा चिकित्सकलाई देखाउनुपर्छ ।

    एन्जाइटी व्यायाम र औषधिबाट पनि निको पार्न सकिन्छ । धेरै एन्जाइटी भएमा उनीहरुले मनोपरामर्शदातालाई जाँच गराएर नियमित परामर्शअनुसार औषधि खानुपर्छ । सामान्यतया ६ देखि ९ महिना औषधि खानुपर्ने हुन्छ । औषधि खाइसकेपछि बीचमा निको भइसक्यो भनेर चिकित्सकको परामर्श बिना छाड्नु हुँदैन, पूरै मात्रा खानुपर्ने हुन्छ ।

    साथै यसलाई मनोपरामर्शदाताले मनोवैज्ञानिक थेरापीको माध्यमबाट उपचार गर्छन् । यसमा मानिसको व्यवहारको अध्ययन गरिन्छ । उसले के सोच्छ, कस्तो व्यवहार गर्छ ? त्यो अवलोकन गरेर आवश्यक परामर्श दिइन्छ । बिरामीलाई प्रोत्साहित गर्न मद्दत पुर्‍याउँछ ।

    एन्जाइटीको मात्रा केही कम भइसकेपछि विस्तारै योग, ध्यान तथा प्राणायामलाई नियमित गर्नु लाभदायक हुन्छ । यसले सकारात्मक सोचको क्षमता विकास गर्छ ।

    एन्जाइटी हुनबाट बच्न सन्तुलित भोजन खानुपर्छ । रक्सी, चुरोट, सुर्ती तथा अन्य लागुपदार्थबाट टाढा रहनुपर्छ । दैनिक व्यायाम गर्ने र सकारात्मक सोच राख्ने गर्नुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑