Krishna Shrivastav
सत्ता साझेदारको असन्तुष्टिबीच मधेसमा नवनियुक्त तीन मन्त्रीले लिए शपथ
Krishna Shrivastav

वीरगंज | कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले भौतिक पूर्वाधार तथा विकासमन्त्री र वीरेन्द्रप्रसाद सिंहले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको रुपमा प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । यस्तै एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपानेले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रुपमा शपथ लिएका छन् । सत्ता साझेदार नेकपा माओवादी केन्द्र, जनमत तथा लोकतान्त्रिक समाजवादी पार्टीको असन्तुष्टिका कारण शपथग्रहण समारोह निर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो सुरु भएको थियो । मधेस भवनस्थित कभर्ड हलमा शपथ ग्रहण समारोह चलिरहँदा असन्तुष्ट तीन दलका संसदीय दलका नेताहरु जनमत पार्टी सम्बद्ध एक वहालबाला मन्त्रीको